National life

फेवातालको मापदण्ड ६५ मिटर नै कायम राख्न सर्वोच्चको आदेश

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०४ असार २०८०, सोमबार
898Shares
फेवातालको मापदण्ड ६५ मिटर नै कायम राख्न सर्वोच्चको आदेश
ncell

काठमाडौं । फेवातालको मापदण्ड ६५ मिटर नै कायम राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । फेवातालको मापदण्ड ६५ मिटरबाट घटाएर ३० मिटर कायम गर्ने पोखरा महानगरपालिकाको निर्णय खारेज गर्दै सोमबार सर्वोच्चले हाल कायम ६५ मिटर नै कायम गर्न आदेश जारी गरेको हो ।

यसअघि पोखरा महानगरपालिकाको २०७८ चैत १६ गते बसेको ५५ औं कार्यपालिका बैठकले तालहरूको मापदण्ड ६५ मिटरबाट घटाउने ३० मिटर बनाउने निर्णय गरेको थियो।

मापदण्ड घटाउने निर्णयविरुद्ध अधिवक्ता सरोजनाथ प्याकुरेल, कृष्णहरि खड्का र दीपेन्द्रप्रसाद घिमिरेले २०७९ जेठ ११ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सोही रिटमाथि सोमबार सर्वोच्चका न्याायधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले महानगरको उक्त निर्णय बदर गरिदिएको हो । फेवातालको मापदण्ड घटाउने महानगरको निर्णय कार्यान्वयन नगर्ने सर्वोच्चले अन्तरिम आदेश जारी गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
898SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?