National life

वर्षातका कारण रोकिएको प्याराग्लाइडिङ फेरि सुरु

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ माघ २०८०, मङ्गलबार
667Shares
वर्षातका कारण रोकिएको प्याराग्लाइडिङ फेरि सुरु
ncell
काठमाडौं । वर्षातका कारण रोकिएको भरतपुर महानगरपालिका–२९ मा सञ्चालित प्याराग्लाइडिङ पुस अन्तिम सातादेखि फेरि सुरु भएको छ ।
हिमालयन फन्टियर्स प्याराग्लाइडिङका सञ्चालक शेलेन्द्र राउतले वर्षातका कारण बाटो बिँग्रिदा सञ्चालन हुन नसकेको प्याराग्लाइडिङ पुनः सञ्चालनमा ल्याइएको बताए ।
भरतपुर महानगरपालिका–२९, चौकीडाँडा र कविलास रिसोर्ट छेउबाट साहसिक खेलका रुपमा चिनिने प्याराग्लाइडिङको उडान सुरु गरिएको हो । सुरुमा चौकीडाँडाबाट मात्रै उडान गरिएकोमा यसपटक दुई ठाउँबाट उडान गरिएको उनले जानकारी दिए।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
चितवन आउने पर्यटकको बसाइ लम्ब्याउन यसले सहयोग पुग्ने सञ्चालक राउतले बताए । सामुन्द्रिक सतहबाट १ हजार ५० मिटर अग्लो स्थानबाट उडान गरिदै आएको छ ।
चितवनको चौकीडाँडा र कविलासबाट उडान हुने प्याराग्लाइडिङ तनहुँ देवघाट गाउँपालिका–५ मा रहेको त्रिशूली नदीको किनारमा अवतरण गर्ने गरी व्यवस्था मिलाइएको छ ।
यस क्षेत्रबाट उडान गर्दा २० देखि ३० मिनेटको समय लाग्ने उनले बताए । प्याराग्लाडिङ उडानका लागि चौकीडाँडाबाट ८ हजार र कविलासबाट ४ हजार शुल्क तोकिएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्डको भोर्लेबाट ९ किलोमिटर उत्तर र जुगेडीबाट ५ किलोमिटर उत्तर हिँडेपछि चौकीडाँडा पुग्न सकिन्छ । कविलास रिसोर्ट नजिकको स्थान नारायणगढ–मुग्लिन सडकबाट ३ किलोमिटरको दूरीमा छ ।
यो समाचार शेयर गर्नुहोस्
667SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?