National life
cg eloctronics

अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
अहिले मात्र|२६ असोज २०८३, सोमबार
311Shares
अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो
ncell

लमजुङ । बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा पर्यटकको आगमन पुनः बढ्न थालेको छ । यही असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षा र हिमपातका कारण सडक तथा पदमार्ग अवरुद्ध हुँदा कमी आएको पर्यटक आगमन थोरङ्ला पास जाने बाटो सहज बनेसँगै वृद्धि हुन थालेको हो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को धारापानीस्थित पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार अहिले दैनिक १५० देखि २०० पर्यटक आउन थालेका छन्। समुद्री सतहबाट पाँच हजार ४१६ मिटर उचाइमा रहेको थोरङ्ला पास जाने पदमार्गमा जमेको हिउँ हटाएपछि मनाङबाट मुस्ताङ जाने पर्यटकलाई सहज भएको उनले बताइन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पर्यटकीय ‘सिजन’ सुरु भएसँगै भदौदेखि पर्यटक आगमन बढ्न थालेको थियो तर असोज ८ देखि ११ गतेसम्मको प्रतिकूल मौसमपछि पर्यटकको आवागमन प्रभावित हुँदा दैनिक एक-दुई जनामात्र आउने गरेकोमा अहिले बढ्न थाले सँगै सो हाराहारीमा आउन थालेको गुरुङले बताए ।

उनका अनुसार असोज १८ देखि २५ गतेसम्म धारापानीस्थित केन्द्रमा एक हजार ४४७ पर्यटकको विवरण अभिलेख भएको छ । तीमध्ये ८८७ पुरुष र ५६० महिला छन् । उक्त अवधिमा सबैभन्दा बढी इजरायलबाट १४१, अस्ट्रेलियाबाट १२१, जर्मनीबाट १०९, स्पेनबाट १०३ र बेलायतबाट ९७ पर्यटक आएका छन् ।

गत वर्ष मुख्य पर्यटकीय याममा दैनिक ४०० देखि ५०० सम्म पर्यटक आउने गरेकामा यस वर्ष बाढीपहिरो र हिमपातका कारण आगमन प्रभावित भएको गुरुङले बताए । सडक तथा पदमार्ग सहज हुँदै गएमा पर्यटकको सङ्ख्या अझै बढ्ने उनको अपेक्षा छ । अन्नपूर्ण चक्रीय पदमार्ग हिमाली दृश्य, प्राकृतिक सौन्दर्य तथा स्थानीय संस्कृति र रहनसहनका कारण स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङ्ला पास पार गरेर मुस्ताङ पुग्ने यस पदमार्गमा जगत र धारापानी पर्यटकका महत्त्वपूर्ण बासस्थान हुन् । मर्स्याङ्दी गाउँपालिका–४, जगत्का पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले बाढीपहिरोले गर्दा पर्यटक आगमन घट्दा व्यवसायको आम्दानी शून्यजस्तै बनेको थियो तर अहिले पर्यटक आउन थालेपछि दैनिक रु १५ हजारदेखि २० हजार रुपैयाँसम्म आम्दानी हुन थालेको बताए । “गत वर्षको मुख्य पर्यटकीय सिजनमा दैनिक ४० हजारदेखि ५० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको थियो । यस वर्ष बाढीपहिरोका कारण व्यवसाय प्रभावित भयो । केही दिनअघिसम्म पर्यटक नआउँदा आम्दानी शून्यजस्तै थियो, अहिले बिस्तारै आउन थालेका छन्,” उनले भने।

उनका अनुसार जगत्मा करिब २२ देखि होटल सञ्चालनमा छन् । सडकबाटै सिधै मनाङ पुग्ने पर्यटकका कारण पदमार्गका बीचमा पर्ने बस्तीका व्यवसायमा पनि असर पर्ने गरेको उनले बताए। सडक तथा पदमार्ग सहज हुँदै गएमा आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्ने र व्यवसायमा सुधार आउने उनको अपेक्षा छ ।

nic asia capital

मर्स्याङ्दी गाउँपालिका–४, बुङ झरनानजिक होटल सञ्चालन गर्दै आएका पर्यटन व्यवसायी बाबुराम तामाङले पनि बाढीपहिरोका कारण मुख्य पर्यटकीय सिजनमै व्यवसाय सुनसान बनेको बताए । पछिल्ला दिनमा पर्यटक आउन थालेपछि व्यवसायीमा आशा पलाएको उनको भनाइ छ । सडक र पदमार्ग सहज भएमा पर्यटकको आगमन थप बढ्ने उनले अपेक्षा गरे ।

यो समाचार शेयर गर्नुहोस्
311SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?