National life

नेपाल आउने विदेशी पर्यटकले अब पासपोर्ट बोक्न नपर्ने

नेपाल घुम्न आउने विदेशी पर्यटकले अब यात्रा गर्दा साथमा पासपोर्ट बोक्न नपर्ने व्यवस्था कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ।

max lubricant tata
Aarthik voice
Aarthik voice
२ दिन अगाडि|३१ भदौ २०८३, बुधबार
1.1kShares
नेपाल आउने विदेशी पर्यटकले अब पासपोर्ट बोक्न नपर्ने
ncell

काठमाडौं - नेपाल घुम्न आउने विदेशी पर्यटकले अब यात्रा गर्दा साथमा पासपोर्ट बोक्न नपर्ने व्यवस्था कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ। अध्यागमन विभागले ‘पासपोर्ट फ्री ट्राभल’ अवधारणाअन्तर्गत मोबाइल एपमै पासपोर्टको डिजिटल विवरण देखाउन सकिने प्रणाली तयार गरेको हो।

विभागका अनुसार पर्यटकले ‘डिपार्टमेन्ट अफ इमिग्रेसन’ मोबाइल एपमा लगइन गरी आफ्नो पासपोर्टको विवरण राख्नुपर्नेछ। एपमा उपलब्ध डिजिटल पासपोर्ट विवरणलाई नेपालका सम्बन्धित निकायले मान्यता दिने व्यवस्था गर्न लागिएको विभागका निर्देशक तथा प्रवक्ता टीकाराम ढकालले जानकारी दिए।

प्रवक्ता ढकालका अनुसार नेपाल प्रवेश गर्ने क्रममा भने पर्यटकले अध्यागमनमा आफ्नो सक्कली पासपोर्ट देखाउनुपर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यसपछि मोबाइल एपमा लगइन गरेपछि नेपालभित्र यात्रा गर्दा पासपोर्ट साथमा बोकेर हिँड्नुपर्ने छैन।

हाल हिमाल आरोहणलगायतका गतिविधिमा सहभागी हुँदा पर्यटकले पासपोर्ट साथमै राख्नुपर्ने अवस्था छ। नयाँ व्यवस्थाले पर्यटकलाई यात्रा गर्न सहज हुने र सरकारी निकायलाई डिजिटल माध्यमबाट पर्यटकको विवरण ट्र्याक गर्न समेत सहयोग पुग्ने विभागको अपेक्षा छ।

विभागले यस प्रणालीका लागि आवश्यक सम्पूर्ण प्राविधिक तयारी पूरा गरिसकेको जनाएको छ। कार्यान्वयनका लागि स्वीकृति लिन प्रस्ताव गृह मन्त्रालयमा पठाइएको छ।

गृह मन्त्रालयबाट स्वीकृति प्राप्त भएपछि नयाँ व्यवस्था कार्यान्वयनमा ल्याइने विभागका प्रवक्ता ढकालले बताए।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?