National life

लगातारको वर्षाका कारण आएको बाढी–पहिरोले यी राजमार्ग अवरुद्ध , सजग हुन आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ साउन २०८२, आइतबार
484Shares
लगातारको वर्षाका कारण आएको बाढी–पहिरोले यी राजमार्ग अवरुद्ध , सजग हुन आग्रह
ncell

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर अवस्थित रहेको छ ।

केही समय निष्क्रिय जस्तो रहेको मनसुन पूर्वी नेपालबाट सक्रिय भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। आइतबार बिहानसम्म चुरे र पहाडी छेत्रमा अति भारीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Royal Enfield
nic asia capital

भारी वर्षासँगै गएको बाढी–पहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध छ। नदी तथा खोलामा पानीको बहाव बढेको छ। यसैबिच बागलुङको डब्ल्याङस्थित कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। आज बिहान करिब पौने ६ बजे उक्त स्थानस्थित सडकमा पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

त्यस्तै, बिहानैदेखि परेको भारी वर्षाको कारण ओखलढुङ्गामा सिद्धिचरण लोकमार्ग अवरुद्ध छ। सिद्धिचरण नगरपालिका–७, स्कुलडाँडास्थित सडकमा आइतबार बिहान पहिरो खस्दा लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकमा अरनिको राजमार्ग अवरुद्ध छ । आइतबार बिहान करिब साढे ५ बजे बलेफी गाउँपालिका–८, जुरेस्थित सडकमा माथिबाट लेदो झर्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, आइतबार बिहान १० बजेसम्म नेपाल प्रहरीको अपडेटअनुसार, पाँचथरमा मध्य पहाडी लोकमार्ग पनि अवरुद्ध छ । याङवरक गाउँपालिका–३, रिजालभीरस्थित सडकमा पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । प्रहरीले आइतबार बिहान ७ बजेसम्मको अपडेटमा पनि केही स्थानमा सडक अवरुद्ध भएको जनाएको थियो ।

पहिरो खसेर कतिपय स्थानमा सडक अवरुद्ध हुँदा त्यो पन्छाएर केही समयमै बाटो खुलाउने गरिएको छ । हेवाखोलामा आएको बाढीका कारण मेची राजमार्ग अवरुद्ध भएको छ । निरन्तरको वर्षासँगै आएको बाढीले हेवा खोलाको डाइभर्सन भत्काउँदा मेची राजमार्ग अवरुद्ध भएको हो ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार डाइभर्सन माथिबाट पानी जान थालेपछि यातायात अवरुद्ध भएको हो । पानीको बहाब घटेपछि डाइभर्सन मर्मत गरेर सञ्चालन गर्ने उनले बताए । ‘अहिले पानीको बहाव घट्ने क्रममा छ, घटेपछि यातायात सुचारु हुन्छ,’ उनले भने, ‘अहिले यातायात अवरुद्ध छ ।’

राजमार्ग अवरुद्ध भएपछि ताप्लेजुङ र पाँचथरका तीन पालिकामा यातायात ठप्प भएको छ । यसअघि २०८० असारमा आएको बाढीले हेवाखोलाको पुल बगाएको थियो । पुल बगेपछि बनाइएको बिलिब्रिज पनि गत असोज १२ गते आएको बाढीले बगाएको थियो । त्यसपछि हेवा खोलामा डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन गरिएको थियो । अविरल वर्षापछि पहिरो खस्दा धनकुटाका दुई निर्माणाधीन सडक अवरुद्ध भएका छन् ।

आइतबार बिहान पसाँगुरीगढी गाउँपालिका–५ लुम्फाकुङस्थित रवि–राँके–भेडेटार सडक खण्डमा पहिरो खस्दा सवारी साधन पूर्ण रूपमा अवरुद्ध भएका प्रहरीले जनाएको छ । सडक माथिबाट ठूलो पहिरो खसेको कारण बाटो अवरुद्ध भएको हो ।

सो क्षेत्रमा प्रहरी चौकी डाँडा बजारबाट प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । त्यस्तै चौबिसे गाउँपालिका–४ मा निर्माणाधीन तमोर करिडोर अन्तर्गत पर्ने छरुवा खोलामा आएको बाढीका कारण सवारी आवागमन प्रभावित भएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
484SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?