National life

ग्रीन हाइड्रोजनबाट मल उत्पादन गर्नुपर्ने सांसद खनालको सुझाव

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|०१ जेठ २०८३, शुक्रबार
1.2kShares
ग्रीन हाइड्रोजनबाट मल उत्पादन गर्नुपर्ने सांसद खनालको सुझाव
ncell

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले विद्युत् ऊर्जाको प्रयोगमार्फत ग्रीन हाइड्रोजन प्रविधिबाट मल उत्पादन गर्ने विकल्पतर्फ सरकार अग्रसर हुनुपर्ने सुझाव दिएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले परम्परागत ढाँचाभन्दा बाहिर निस्केर आधुनिक प्रविधिमा आधारित कृषि प्रणाली विकास गर्नुपर्ने आवश्यकता औँल्याए।

खनालले किसानहरू मलका लागि सिंहदरबार धाउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने भन्दै कृषि मन्त्रालयले सेवा प्रवाहलाई प्रभावकारी बनाउन जोड दिए।

उनले इजरायलको उदाहरण दिँदै सीमित स्रोतमा पनि प्रविधिको उपयोगमार्फत कृषि उत्पादन सम्भव भएको उल्लेख गरे।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

“विद्युत् प्रयोग गरी ग्रीन हाइड्रोजन प्रविधिबाट मल उत्पादन गर्नेतर्फ ध्यान दिनुपर्छ। आज किसानहरू मलका लागि सिंहदरबार आउनुपर्ने अवस्था छ, यो अवस्थाको अन्त्य गर्नुपर्छ,” उनले बैठकमा भने।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?