National life

दूधको अनुदान कटौती गरेपछि चितवनका दुग्ध किसान विरोधमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२४ असार २०८०, आइतबार
763Shares
दूधको अनुदान कटौती गरेपछि चितवनका दुग्ध किसान विरोधमा
ncell
चितवन । दूधको अनुदान कटौती गरेपछि चितवनका दुग्ध किसानले विरोध जनाएका छन् । चितवनका दुग्ध किसानले प्रदेश सरकारबाट पाउँदै गरेको अनुदानलाई निरन्तरता दिन माग गरेका छन् ।
बागमती प्रदेश सरकारले किसानलाई दूधमा उपलब्ध गराउँदै आएको अनुदान रकम चितवनका तीन स्थानीय तहमा रोक्ने निर्णय गरिएपछि किसानले तत्काल अनुदान रकम उपलब्ध गराउन माग गरेका हुन् । भरतपुरमा पत्रकार सम्मेलन गरी तत्काल अनुदान रकम उपलब्ध नगराइए कडा आन्दोलन गर्ने चेतावनी किसानले दिएका छन् ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को स्वीकृत कार्यक्रममा चितवनको भरतपुर महानगरपालिका, राप्ती नगरपालिका र माडी नगरपालिकालाई अनुदान दिँदा दोहोरो सुविधा हुने भन्दै अनुदान दिन रोकिएको छ । चितवनको भरतपुर महानगरपालिकाले उत्पादनका आधारमा दूधमा प्रतिलिटर रु तीन अनुदान दिँदै आएको छ । माडी नगरपालिकाले रु चार र राप्ती नगरपालिकाले ५० पैसा दिँदै आएको छ । सोही कारण देखाउँदै प्रदेश सरकारले तीन स्थानीय तहका किसानलाई दोहोरो अनुदान नदिने भन्दै रोक लगाएपछि किसान असन्तुष्ट बनेका हुन् ।
जिल्ला दूध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले किसानलाई अनुदान उपलब्ध नगराइएको भन्दै आज प्रदेशको कृषि मन्त्रालय घेराउ गर्ने कार्यक्रम रहेको जानकारी दिए । उनले किसानका समस्याप्रति सरकार उदासिन बनेका कारण सधैँ मारमा पर्ने गरेको बताए । उनले भने, “लम्पी स्कीनबाट गाई ढलेका ढल्यै छन्, दूधको उत्पादन घटेको छ, यही समयमा बीमा कम्पनीले बीमा गरेको छैन, डेरीले दूध उठाएको छैन ।” किसानको खातामा पैसा आउने बेला सरकारको निर्णयले पीडामाथि पीडा थपेको बगालेले गुनासो गरे ।
यो समाचार शेयर गर्नुहोस्
763SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?