National life

सरकारी अनुदान नपाएको भन्दै बन्द भएको कृषि बीमालेख खुला

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०५ असार २०८०, मङ्गलबार
1.2kShares
सरकारी अनुदान नपाएको भन्दै बन्द भएको कृषि बीमालेख खुला
ncell

काठमाडौं । नेपाल बीमक संघले कृषि तथा पशुपन्छी बीमालेख बिक्री खुला गर्ने भएको छ । संघले सरकारी अनुदान नपाएको भन्दै बन्द गरेकाे कृषि तथा पशुपन्छी बीमालेख असार मसान्तसम्मका लागि बिक्री खुला गर्ने निर्णय गरेको हो ।

सरकारले अनुदान उपलब्ध नगराए पछि बीमकहरुले जेठ ७ गतेदेखि बीमालेख जारी गर्न बन्द गरेका थिए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बीमहरुलाई केहि आंशिक रकम उपलब्ध गराए पछि हाललाई बिक्री खुला गर्ने निर्णय गरिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गत जेठ ३० गते कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालको अध्यक्षमा मन्त्रालयका दुबै सचिवहरुको संयुक्त सहभागितामा बसेको बैठकले अनुदान रकम उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका थिए । त्यस्तै बैठकमा बीमालेख जारी गर्ने कार्य सुचारु गर्न आग्रह गरिएको थियो ।

सो आग्रह पछि बीमक संघले कृषि तथा पशुपन्छी बीमालेख बिक्री खुला गर्ने निर्णय गरेको हो । साथै संघले असार मसान्त भित्र अनुदान रकम नपाएमा पुनः बीमालेख बन्द गर्ने चेतावनी दिएको छ ।

नेपाल सरकारले २०६९ सालदेखि कृषक र कृषिलाई प्राथमिकता दिई कृषि बीमा शुल्कमा क्रमशः अनुदान दिदै आएकोमा २०७७ सालदेखि कृषि बीमाको अनुदान करिब ३ अर्ब रुपैयाँ बाँकी रहेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?