National life
cg eloctronics

बाली जोगाउन अर्घाखाँचीमा २० जना ‘बाँदर हेरालु’ माग, मासिक १२ हजार ५०० रुपैयाँ पारिश्रमिक

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|०७ साउन २०८३, बिहिबार
977Shares
बाली जोगाउन अर्घाखाँचीमा २० जना ‘बाँदर हेरालु’ माग, मासिक १२ हजार ५०० रुपैयाँ पारिश्रमिक
muktinatha bikash bank

रूपन्देही । अर्घाखाँची जिल्लामा बाँदरको उपद्रवका कारण कृषि बालीमा हुने क्षति रोक्न डिभिजन वन कार्यालय अर्घाखाँचीले २० जना ‘बाँदर हेरालु’ माग गरेको छ ।

डिभिजन वन कार्यालयले मङ्गलबार एक सूचना जारी गर्दै जिल्लाका बाँदरबाट अति प्रभावित २६ वटा क्षेत्रमा कृषि बालीको संरक्षण तथा बाँदर व्यवस्थापनका लागि दरखास्त आह्वान गरेको हो ।

वन सम्वर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन गरेका समूहहरूको लागत साझेदारीमा बाँदर हेरालु नियुक्त गर्न लागिएको हो । इच्छुक र योग्यता पुगेका प्रभावित क्षेत्रका नागरिकले सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र कार्यालय समयसम्म दरखास्त दिन सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3

छनोट हुने बाँदर हेरालुले २०८३ साउन १० देखि असोज १० गतेसम्म दुई महिनाका लागि काम गर्नुपर्नेछ । उनीहरूलाई मासिक १२ हजार ५०० रुपैयाँ पारिश्रमिक दिइनेछ ।

बाँदर हेरालुका लागि सम्बन्धित बाँदर प्रभावित क्षेत्रकै स्थायी बासिन्दा हुनुपर्ने र उमेर ४५ वर्ष ननाघेको हुनुपर्ने योग्यता तोकिएको छ । वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा रुचि भएको व्यक्ति हुनुपर्नेछ भने सामुदायिक वन उपभोक्ता समूह, वन हेरालु, नर्सरी हेरालु, नाइके हेरालु वा सोही प्रकृतिको कार्यमा अनुभव भएका व्यक्तिलाई प्राथमिकता दिइनेछ ।

everest bank

छनोट भएका हेरालुहरूले बाँदरको नियमित निगरानी गर्ने, कृषकहरूलाई समयमै सूचना दिने तथा आवश्यक समन्वय गर्ने जिम्मेवारी पाउनेछन् । साथै बाँदरबाट भएको बाली क्षतिको अभिलेख राखी सम्बन्धित वडा र वन कार्यालयमा जानकारी गराउने तथा बाँदरलाई मानवीय एवं वातावरणमैत्री तरिकाले खेतीयोग्य क्षेत्रबाट प्राकृतिक वासस्थानतर्फ धपाउने काम गर्नुपर्नेछ ।

दरखास्तका साथ निवेदन, अनुभव भए सो खुल्ने प्रमाणपत्र तथा विगतमा बाँदरको क्षतिको विवरणसहितको वडाको सिफारिस पत्र संलग्न गर्नुपर्ने सूचनामा उल्लेख छ । प्राप्त दरखास्तको मूल्याङ्कन गरी प्रभावित क्षेत्रका २६ स्थानमा उनीहरूलाई खटाइनेछ । तर स्थानीयले गाउँमा ४५ वर्ष नकाटेका युवाहरू कम भएकोले यो आधारले मुख्य मान्छे पाउन संभव नभएको जनाएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
977SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?