National life

नार्कद्वारा बालीनालीका १ हजार १५९ वटा उन्नत जात विकास

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२२ घण्टा अगाडि|०५ असोज २०८३, सोमबार
489Shares
नार्कद्वारा बालीनालीका १ हजार १५९ वटा उन्नत जात विकास
ncell

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) कायममुकायम कार्यकारी निर्देशक डा.श्रीमत श्रेष्ठले पछिल्लो ३५ वर्षमा नार्कले बालीनालीका १ हजार १५९ वटा उन्नत जात विकास गरेको बताएका छन् ।

सोमबार बसेको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले कृषि अनुसन्धानलाई व्यवस्थित बनाउन नार्कअन्तर्गत देशभर करिब ६३ वटा संरचना रहेको जानकारी दिए ।

उनले मुख्य बाली विशेष अनुसन्धान कार्यक्रम, विषयगत अनुसन्धान केन्द्र तथा प्रादेशिक अनुसन्धान केन्द्रमार्फत कृषि अनुसन्धानको काम भइरहेको बताए । 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले भने, ‘नेपाल कृषि अनुसन्धान परिषद् ऐनको मुख्य तीनवटा उद्देश्य छन् । देशभर करिब ६३ वटा संरचनामार्फत मुख्य बाली विशेष अनुसन्धान कार्यक्रम, विषयगत अनुसन्धान केन्द्र र प्रादेशिक अनुसन्धान केन्द्र सञ्चालनमा छन् ।’

उनका अनुसार नार्कले मुख्य रूपमा जात तथा नश्ल विकास, कृषि प्रविधि विकास, प्रविधि हस्तान्तरण, सेवा तथा परामर्श, स्रोत सामग्री उत्पादन, कृषि आनुवंशिक स्रोत संरक्षण तथा सामाजिक–आर्थिक र नीतिगत विश्लेषण गर्दै आएको छ ।

उनले नार्क स्थापना हुनुअघि अर्थात् २०४८ सालभन्दा अगाडि विभिन्न बालीनालीका ११७ वटा जात विकास भएकोमा नार्क स्थापना भएपछि ३५ वर्षको अवधिमा १ हजार १५९ वटा उन्नत जात विकास गरिएको बताए ।

उनले भने, ‘नार्क स्थापना हुनुअघि ११७ वटा बालीनालीका जात विकास भएका थिए । नार्क स्थापना भएपछि ३५ वर्षको अवधिमा १ हजार १५९ वटा उन्नत जात विकास गरेका छ ।’

उनले खाद्य सुरक्षालाई प्राथमिकतामा राख्दै धान, गहुँ र मकै लगायतका प्रमुख बालीमा अनुसन्धान केन्द्रित गरिएको बताए । पछिल्लो समय पोषण सुरक्षालाई समेत प्राथमिकतामा राखेर बायोफोर्टिफाइड तथा विभिन्न भिटामिनयुक्त बालीका नयाँ जात विकास गरिएको उनले बताए । 

‘खाद्य तथा पोषण सुरक्षासँगै अहिले जलवायु अनुकूलनलाई पनि प्राथमिकता दिएका छौ । कम पानीमा उत्पादन दिन सक्ने, बढी तापक्रम सहन सक्ने जात तथा जिरो टिलेज, पानी संरक्षण र कृषि यान्त्रीकरणका प्रविधि पनि विकास गरेका छौँ,’ उनले भने ।

उनले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा देखिएका चुनौतीलाई सम्बोधन गर्न कम पानीमा उत्पादन दिन सक्ने, उच्च तापक्रम सहन सक्ने तथा पानीको उपलब्धतामा पनि उत्पादन कायम राख्न सक्ने जलवायु अनुकूलित जात विकासमा अनुसन्धान भइरहेको बताए । 

उनले उत्पादन लागत घटाउन शून्य खनजोत (जिरो टिलेज), माटो तथा पानी संरक्षण र कृषि यान्त्रीकरणसम्बन्धी प्रविधि विकास गरिएको बताए । उनले कृषि उत्पादनको मूल्य अभिवृद्धि तथा औद्योगिकीकरणका लागि आवश्यक प्रविधि विकासमा समेत नार्कले काम गरिरहेको बताए । 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
489SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?