National life

अर्ग्यानिक कृषि प्रवर्द्धनमा सरकार अघि सर्छ: प्रधानमन्त्री शाह

नेपालमै अर्ग्यानिक प्रमाणीकरण एजेन्सी स्थापना हुने संकेत

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|०७ साउन २०८३, बिहिबार
1.1kShares
अर्ग्यानिक कृषि प्रवर्द्धनमा सरकार अघि सर्छ: प्रधानमन्त्री शाह
ncell

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले अर्ग्यानिक कृषि क्षेत्रको विकासका लागि सरकारले आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज ‘अर्ग्यानिक एसोसियसन नेपाल’का पदाधिकारीसँग भएको छलफलका क्रममा प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि प्रवर्द्धनलाई प्राथमिकतामा राखिने स्पष्ट पार्नुभयो।

छलफलमा पदाधिकारीहरूले अर्ग्यानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरण प्रक्रिया खर्चिलो रहेको उल्लेख गर्दै नेपालमै अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रमाणीकरण एजेन्सी स्थापना गर्नुपर्ने माग राखेका थिए। सो मागप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै प्रधानमन्त्रीले सम्बन्धित निकायलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसैगरी, उहाँले रासायनिक मल तथा विषादीको प्रयोग नियन्त्रण गर्दै अर्ग्यानिक कृषि प्रणालीलाई प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, प्रांगारिक मल उत्पादन गर्ने निजी उद्योग तथा सहकारी संस्थालाई अनुदान उपलब्ध गराउने व्यवस्था मिलाउन पनि सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?