National life

कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन

कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको छैन ।

max lubricant tata
Aarthik voice
Aarthik voice
२ दिन अगाडि|०१ असोज २०८३, बिहिबार
877Shares
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन
ncell

सुर्खेत । कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको छैन ।

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका अनुसार खेती भइरहेको जमिनमध्ये ३५ हजार २९७ हेक्टरमा मात्रै वर्षभरि र पाँच हजार २३० हेक्टरमा मौसमी सिँचाइ सुविधा पुगेको छ ।

वर्षभरि र मौसमी सिँचाइ सुविधा पुगेको क्षेत्रफल जोड्दा कर्णालीमा कुल ४० हजार ५२७ हेक्टर जमिनमा सिँचाइ पुगेको छ । यसमध्ये वर्षभरि सिँचाइ हुने क्षेत्र खेती गरिएको जमिनको २६.९९ प्रतिशत मात्रै हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रदेशमा कुल खेतीयोग्य क्षेत्रफल दुई लाख १३ हजार ५४४ हेक्टर रहेको छ । त्यसमध्ये एक लाख ३० हजार ७३१ हेक्टरमा खेती भइरहेको भए पनि त्यसको ठुलो हिस्सा नियमित सिँचाइको पहुँचमा छैन । तथ्यांकअनुसार खेती गरिएको प्रत्येक १० हेक्टरमध्ये करिब सात हेक्टरमा वर्षभरि वा मौसमी सिँचाइ सुविधा पुगेको छैन ।

वर्षभरि सिँचाइ हुने जमिन ३५ हजार हेक्टर

मन्त्रालयका अनुसार कर्णालीमा ३५ हजार २९७ हेक्टरमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध छ । यो खेती भइरहेको कुल क्षेत्रफलको २६।९९ प्रतिशत हो ।

त्यस्तै पाँच हजार २३० हेक्टरमा मौसमी सिँचाइ सुविधा पुगेको छ । वर्षभरि र मौसमी गरी ४० हजार ५२७ हेक्टरमा सिँचाइ पुगे पनि ९० हजार २०४ हेक्टर जमिन अझै सिँचाइ सुविधाबाट बाहिर छ ।

यसले कर्णालीको कृषि क्षेत्रको ठुलो हिस्सा अझै वर्षा तथा मौसमी पानीमा निर्भर रहेको देखाउँछ। विशेषगरी हिउँद तथा सुख्खा समयमा पानीको अभाव हुँदा खेतीमा समस्या हुने अवस्था छ ।

३० हजार हेक्टरमा परम्परागत सिँचाइ

कर्णालीमा परम्परागत सिँचाइ प्रणालीबाट ३० हजार ३९६ हेक्टर जमिनमा सिँचाइ भइरहेको मन्त्रालयले जनाएको छ । खोला, नदी तथा मुहानबाट कुलो निर्माण गरी खेतमा पानी पु¥याउने प्रणाली अझै धेरै ठाउँमा प्रयोगमा छ ।

परम्परागत प्रणालीबाट ठुलो क्षेत्रफलमा सिँचाइ हुँदै आए पनि पानीको स्रोत घट्ने समयमा यसको प्रभावकारिता कम हुने गरेको छ । आधुनिक सिँचाइ संरचनाको विस्तारसँगै पुराना कुलो तथा सिँचाइ प्रणालीको सुधार गर्नुपर्ने अवस्था रहेको मन्त्रालयको तथ्यांकले देखाउँछ ।

जनता सिँचाइका ४० मध्ये ३७ आयोजना निर्माण

सिँचाइ सुविधा विस्तारका लागि प्रदेश सरकारले कर्णाली प्रदेश जनता सिँचाइ कार्यक्रम सञ्चालन गरेको छ । मन्त्रालयका अनुसार कार्यक्रमअन्तर्गत ४० वटा आयोजनामध्ये ३७ वटा निर्माण भएका छन् ।

त्यस्तै, नदी तथा खोलाको कटानबाट खेतीयोग्य जमिन संरक्षणका लागि सञ्चालन गरिएको कर्णाली प्रदेश जनता तटबन्ध कार्यक्रमअन्तर्गत पनि ४० आयोजनामध्ये ३७ वटा निर्माण भएका छन् ।

एक हजार ३७ आयोजना सम्पन्न

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले आर्थिक वर्ष २०८२र८३ मा खानेपानी, सिँचाइ, नदी नियन्त्रण तथा ऊर्जा क्षेत्रका एक हजार ४२२ आयोजना सञ्चालन गरेको थियो। तीमध्ये एक हजार ३७ आयोजना सम्पन्न भएका छन् ।

मन्त्रालयका वरिष्ठ सिडिई रमेश सुवेदीका अनुसार १२४ वटा आयोजनाको सम्झौता हुन सकेन भने २६१ वटा आयोजना पूरा हुन बाँकी रहेकाले चालु आर्थिक वर्ष २०८३र८४ मा काम भइरहेको छ ।

कर्णालीमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टरमध्ये ९० हजार २०४ हेक्टरमा सिँचाइ सुविधा नपुगेको तथ्यांकले कृषि उत्पादन बढाउन वर्षभरि सिँचाइ हुने क्षेत्र विस्तारलाई प्राथमिकता दिनुपर्ने देखाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
877SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?