National life

अनुदानमा पाएको मुर्रा राँगा लिन चार जनाको टोली भारत जाने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१४ असार २०८०, बिहिबार
547Shares
अनुदानमा पाएको मुर्रा राँगा लिन चार जनाको टोली भारत जाने
ncell

काठमाडौं । नेपालले अनुदानमा पाएको मुर्रा राँगा लिन चार जनाको टोली भारत जाने भएको छ । मुर्रा राँगा लिन असार अन्तिमतिर चार जनाको टोली भारत जान लागेको हाे ।

मुर्रा राँगा लिन जाने टोलीमा टोलीमा पशु सेवा विभागका महानिर्देशकसहित राष्ट्रिय पशु प्रजनन केन्द्र पोखरा, पशु प्रजनन केन्द्र लहान, र क्वारेन्टाइन शाखाका प्रमुख रहेका छन् ।

भारतले अनुदानमा दिने १५ वटा राँगालाई एकै लटमा नेपाल ल्याइने पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
भारत सरकारले सीमासम्म ल्याइदिने र त्यहाँबाट ल्याउने प्रबन्ध विभागले गरिरहेको उनले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहालको हालै भएको भ्रमणका क्रममा भारतले नेपाललाई १५ वटा उन्नत नश्लका मुर्रा राँगा दिने जनाएको हो ।

मुर्रा राँगाबाट नश्ल सुधार भएका भैंसीले रैथाने भैंसीको तुलनामा झन्डै तीन गुणा बढी दूध दिने ढकालले बताए ।

सरकारले भारतबाट उन्नत नस्लका मुर्रा राँगा ल्याउन २०७३ सालबाटै पहल सुरू गरेको थियो । यी राँगाबाट रैथाने भैंसीको नश्ल सुधार हुने हुँदा सरकारले सात वर्षदेखि मुर्रा राँगा ल्याउन भारतसँग पहल गरिरहेको थियो ।

 

यो समाचार शेयर गर्नुहोस्
547SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?