National life

नेपालमा कुखुराको संख्या साढे ४ करोड पुग्याे, हाँसको संख्या १३ लाख

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२१ भदौ २०८०, बिहिबार
1.3kShares
नेपालमा कुखुराको संख्या साढे ४ करोड पुग्याे, हाँसको संख्या १३ लाख
ncell

काठमाडौं । केन्द्रीय तथ्यांक कार्यालयले राष्ट्रिय कृषि गणना २०७८ सार्वजनिक गरेकाे छ । केन्द्रीय तथ्यांक कार्यालयले बिहीबार सार्वजनिक गरेको राष्ट्रिय कृषि गणना २०७८ को नतिजामा यस्तो विवरण सार्वजनिक भएको हो ।

नयाँ विवरणअनुसार नेपालभर अहिले १७ लाख ९९ हजार कृषक परिवारले कुखुरा पाल्छन् । ती किसानको घरमा ४ करोड ५१ लाख १८ हजार गोटा कुखुरा छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

तथ्यांक कार्यालयका अनुसार कुल कुखुराको संख्या मध्ये ५५ प्रतिशत कुखुरा उन्नत जातको गिरिराज, लेयर्स र ब्रोइलर रहेका छन् ।

२०६८ सालमा नेपालमा कुखुरा पालन गर्ने कृषकको संख्या १८ लाख ९ हजार मात्रै थियो । विगत १० वर्षमा कुखुरा पालन गर्ने सख्या थोरैले घटेपनि कुखुराको उत्पादन भने दुई गुणाले बढेको हो ।

नयाँ गणना २०७८ अनुसार बागमती प्रदेशमा सबै भन्दा धेरै कुखुरा पालन गरिन्छ ।

तथ्यांकअनुसार नेपालमा हाँसको संख्या साढे ३ गुणाले बढेकाे छ । हाँसको संख्या साढे ३ गुणाले बढेर १३ लाख २६ हजार पुगेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?