National life

बिमक संघले चैत्र १ गतेदेखि कृषि बिमालेख जारी नगर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ फागुन २०८०, बुधबार
673Shares
बिमक संघले चैत्र १ गतेदेखि कृषि बिमालेख जारी नगर्ने
ncell

काठमाडौंः नेपाल बिमक संघले सरकारबाट बाँकी अनुदान रकम प्राप्त नभएसम्म कृषिसम्बन्धी बिमा लेख जारी नगर्ने निर्णय गरेको जानकारी दिएको छ।

बिमक संघले विज्ञप्ती जारी गर्दै चैत १ गतेदेखि कृषिसँग सम्बन्धित बिमा लेखको बिमा शुल्क पूरा भुक्तानी नभएसम्म बिमा लेख जारी नगर्ने जनाएको छ। सरकारले कृषि बिमा वापतको २ अर्ब रुपैयाँ भुक्तानी नदिएपछि निर्जीवन बिमा कम्पनीहरूले कृषि सम्बन्धी बिमा लेख रोक्न लागेका हुन् ।

बिमक संघले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘चैत्र १ गतेदेखि कृषिसँग सम्बन्धित बिमा लेखको पनि बिमा शुल्क पुरा भुक्तानी नभएसम्म बिमा लेख जारी नहुने सर्वसाधारण तथा सरोकारवाला निकायलाई जानकारी गराउँदछौ ।’

सरकारले २०६९ सालदेखि कृषक र कृषिलाई प्राथमिकता दिई कृषि बिमा शुल्कमा क्रमशः अनुदान दिँदै आएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
विगत १० वर्षदेखि बीमा कम्पनीहरूले नेपाल बिमा प्राधिकरणको निर्देशिका बमोजिम कृषि बिमा लेख जारी गर्ने, क्षती हुँदा क्षतीको दाबी भुक्तानी गर्ने गरेका छन् । तर, सरकारले तोकेको अनुदान १ वर्षपश्चात् प्राप्त हुने गरेको बिमक संघले जनाएको छ ।

‘बिमा ऐन २०७९ अनुसार बिमालेखहरु उधारोमा जारी गर्न नपाइने भएकोले कृषि मन्त्रालय तथा विभागलाई पटक पटक जानकारी गराइएको हो ।

 

यो समाचार शेयर गर्नुहोस्
673SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?