काठमाडौं। आयनका नेपालस्थित आधिकारिक विक्रेता सीजी मोटर्सले ग्राहकहरुको ईभी खरिद प्रक्रिया अझ सहज र फाइदाजनक बनाउन उद्देश्य राखी “The eXtraordinary Change Offer” नामक विशेष अफर सार्वजनिक गरेको छ।
यस विशेष अफरअन्तर्गत आयन वाई वा आयन भी मा अपग्रेड गर्न चाहने ग्राहकहरूले धेरै प्रकारका प्रिमियम सुविधा पाउनेछन्। यसमा ६.३% ब्याजदर, क्यास बेनिफिट, एक्सचेन्ज बोनस, र Black+Decker कार वाशर तथा भ्याकुम क्लिनर जस्ता आकर्षक उपहारहरू समावेश छन्।
साथै, ग्राहकहरूले ६.६ किलोवाट वाल माउन्ट चार्जर, ३.३ किलोवाट ट्राभल चार्जर, १ वर्षको रोड ट्याक्स, १ वर्षको अटोप्लस इन्स्योरेन्स, र अतिरिक्त एक्सेसरिज समेत प्राप्त गर्न सक्नुहुनेछन्। यस सँगै हरेक टेस्ट ड्राइभमा आकर्षक गिफ्ट ह्याम्पर पनि उपलब्ध हुनेछ।
आयन मोडेलका विशेषताहरू
आयन वाई
आयन भी एलिट – आफ्नो सेग्मेन्टमा उत्कृष्ट सुविधाहरू:
आयन भी लक्जरी – आफ्नो सेग्मेन्टमा उत्कृष्ट सुविधाहरू:
मूल्य : रु ५८.५० लाख | रु ६४.९९ लाख | रु ६९.९९ लाख
आयन विश्वभर अत्याधुनिक प्रविधि र आकर्षक डिजाइनका लागि परिचित ईभी ब्रान्ड हो। एशिया, युरोप, र मध्यपूर्वमा आफ्नो उपस्थिति विस्तार गर्दै, आयनले विद्युतीय गतिशीलताको क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरिरहेको छ। नेपालमा सीजी मोटर्स र आयन व्यापक सुविधा, उत्कृष्ट ग्राहक सेवा, र विस्तार हुँदै गएको ईभी इकोसिस्टमसहित नेपाललाई स्वच्छ, स्मार्ट र दिगो भविष्यतर्फ अघि बढाउन प्रतिबद्ध छन्।


































