National life

आर्थिक मन्दीको असरले छोएन अटोमोवाइल्सलाई ,व्यापारमा उल्लेख्य सुधार

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२१ कात्तिक २०८०, मङ्गलबार
795Shares
आर्थिक मन्दीको असरले छोएन अटोमोवाइल्सलाई ,व्यापारमा उल्लेख्य सुधार
ncell

पछिल्लो ३ वर्ष देखि कोरोना महामारी, सवारीसाधनको आयातमा लगाएको प्रतिबन्ध तथा आर्थिक मन्दीका कारण अटो सेक्टरलाई धेरै असर पारेको थियो । सेल्सहरु डाउन हुँदै गएका थिए, भने व्यावसायीहरुमा नैराश्यता छाएको थियो । यी यावत कारणले सुस्ताएको अटोमोवाइल सेक्टरको व्यापार पछिल्लो समय बढ्न थालेको छ । गएको भदौमा नाडाले राखेको अटो सो पश्चात् अपेक्षा अनुसारको व्यापार भएको व्यावसायीहरु बताउँछन् ।

अटोमोवाइल्स सेक्टरको व्यापारमा सुधार आएको  अटोमोवाइल्स एसोसिएसन अफ नेपाल नाडाका अध्यक्ष ध्रुव थापाले बताए । 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अटोमोवाइल्सको व्यापारमा अघिल्लो वर्षको तुलनामा यस वर्ष सकारात्मक प्रभाव परेको उनको भनाई छ ।

‘नाडा अटो सो पछिको  समग्रमा रिभ्यु हेर्दा सन्तोषजनक भएको छ सोचेजस्तो व्यापार भएको छ’उनले आर्थिक भ्वाइससंगको कुराकानीमा भने।, ‘जसमा बैंकहरुले पनि अटोमोवाइललाई प्राथामिकतामा राख्नु एउटा सबल पक्ष हो।,त्यसै गरी राष्ट्र बैंकले ल्याएको पोलिसीले पनि केही सहजता प्रदान गरेको छ ।’ उनले लगानीका लागि सुरक्षित क्षेत्र अटोमोवाइल भएकाले पनि बैंकहरुले चासो दिइरहेको बताए । नाडा अटो सो का कारण पनि अटोमोवाइल्स व्यापारमा सुधार ल्याएको उनको भनाई छ।

नाडा अटो सो गत भदौ २६ मा सुरु भएर ३१ मा सकिएको थियो ।१५ औँ संस्करणको उक्त सो  ७६ हजार १ सय जनाले अवलोकन गरेका थिए । भने मेलामा २० अर्ब बढीको कारोबार भएको थापाको भनाई छ । कोरोना महामारी र सवारीसाधनको आयातमा लगाएको प्रतिबन्धले गर्दा मेला रोकिए पनि यस पटकको मेला अघिल्ला वर्षको तुलनामा भन्दा राम्रो भएको प्रतिक्रिया दिएका थिए ।

यस वर्षको अटो शोमा गुणस्तरीय उपभोक्ताहरुले भ्रमण गरेको हुनाले गाडीहरुको बुकिङ उच्चस्तरीय भएको थापाको दाबी छ ।

उक्त अटो शोमा १६ वटा ब्रान्डका चार पाङ्ग्रे, २२ वटा ब्रान्डका दुई पाङ्ग्रे, ७ वटा ब्रान्डका लाइट कमर्सियल भेहीकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्ट–पूर्जा एवम् ग्यारेज उपकरण कम्पनीहरुले सहभागिता जनाएका थिए ।

नाडाका अध्यक्ष थापाले धेरै मात्रामा सहजता भएपनी केही समस्या अझै ज्युका त्युँ रहेको बताए । ‘आइसी इन्जिनका गाडीहरुलाई राखेको ५० प्रतिशतको क्याप प्रमुख समस्या छ, त्यसमा पुर्न बिचार गर्न जरुरी छ ।’उनले भने।,  आइसी इन्जिन राजश्वको प्रमुख स्रोत  भएको भन्दै उनले सबै ठाउँमा ई भी नै चढ्न सम्भावना नभएकाले आइसी इन्जिनको सवारी अत्यावश्यक भएको बताए । बैंकको व्याजको जोखिम भार पनि घटाउनुपर्ने उनको भनाई छ।

समग्रमा अटो सो पछिको अवस्थामा आर्थिक मन्दीले खासै असर नपारेको थापाले बताए । नाडा सो पछी राम्रो भएको बताउँदै उनले अझै २–३ महिना राम्रै हुन्छ । त्यस बेलासम्म देशको आर्थिक अवस्था सुध्रिँदै गए अटोमोवाइल्सको व्यापारमा सहजता  हुने बताए ।

 

यो समाचार शेयर गर्नुहोस्
795SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?