काठमाडौँ । एक्साइड ब्याटमोबाइल सेवाले ५० हजार ग्राहक सेवा पुर्याउँदै महत्वपूर्ण उपलब्धि हासिल गरेको छ, जसलाई एक्साइड ब्याट्री सेवा इतिहासकै मूल्यवान माइलस्टोनको रूपमा मानिएको छ। कम्पनीका अनुसार, यी सबै ५०,००० ग्राहकहरू एक्साइडका सबैभन्दा महत्त्वपूर्ण सम्पत्ति हुन्। एक्साइड ब्याटमोबाइल सेवा सन् @))& फेब्रुअरीमा सुरु भएको हो, जहाँ पहिलो महिनामा जम्मा @& वटा कल प्राप्त भएका थिए। अहिले भने दैनिक @* भन्दा बढी कलहरूको दरमा सेवा प्रदान भइरहेको छ।
एक्साइड ब्याट्री र सिप्रदी ट्रेडिङ प्रा= लि= माथिको ग्राहकको भरोसा र विश्वासले कम्पनीलाई निरन्तर रूपमा सेवा विस्तार गर्न प्रेरित गर्दै आएको छ। सुरुवाती चरणमा एक्साइड ब्याटमोबाइल सेवा चार जना टेक्निसियन, दुई जना ड्राइभर, एक टेक्निसियन–कम–ड्राइभर र एक जना को–अर्डिनेटरसहित सञ्चालन भएको थियो। मारुती सुजुकी ओमनी भ्यानमार्फत काठमाडौं उपत्यकाभित्र बिहान ^ बजे देखि राति ( बजे सम्म छुट्टीका दिनमा पनि सेवा सञ्चालन हुन्थ्यो। सेवा टेकु शोरुम बाट सुरु भएको थियो, पछि एक्साइड केयर सेन्टर पचली भैरवबाट सञ्चालन भयो र अहिले बागडोल एक्साइड केयर सेन्टर बाट सञ्चालन भइरहेको छ। कम्पनीले २०१६ फेब्रुअरीदेखि दुईवटा स्कुटरमार्फत सेवा विस्तार गरेको र हाल देशभरका !! शाखाबाट एक्साइड ब्याटमोबाइल सेवा उपलब्ध गराइरहेको जनाएको छ। काठमाडौं पछि पोखरा र नारायणघाट क्षेत्रमा पनि सेवा माग तीव्र रूपमा बढिरहेको कम्पनीको भनाइ छ।
एक्साइड ब्याटमोबाइल सेवा सबै कार तथा एसयूभी ब्याट्री सँगै ईभी ट्याक्सी को लागि पनि निःशुल्क रूपमा स्टार्ट गरिन्छ। “HELP ON THE WAY; ANYTIME. ANY BATTERY.” भन्ने कम्पनीको नाराअनुसार यस सेवाले वर्षका #^% दिन काम गर्छ। नेपाली नयाँ वर्ष, बिस्वकर्मा पूजा र होली बाहेक अन्य सबै दिन सेवा खुला रहन्छ। छुट्टीका दिनमा पनि नजिकका एक्साइड सर्भिस डिलर वा वर्कस्टेसन मार्फत समस्या समाधान गर्ने प्रयास गरिने उल्लेख गरिएको छ। महामारी तथा लकडाउनको कठिन परिस्थितिमा समेत कम्पनीले ग्राहकका सवारी साधन स्टार्ट नहुने समस्या समाधान गर्न सक्दो प्रयास गरेको थियो। हाल ग्राहकहरूको मागअनुसार रिचार्ज का लागि लगिएका ब्याट्रीहरूको होम डेलिभरी सेवा अरु ब्राण्डका ब्याट्रीमा सशुल्क सेवा पनि स्टार्ट गरिँदै आएको छ।
एक्साइड ब्याटमोबाइल सेवा चर्चित कलाकार, गायक, राजनीतिज्ञ, अभिनेता लगायत धेरै परिचित व्यक्तिहरूद्वारा प्रयोग हुँदै आएको छ। ब्याटमोबाइल टिम स्टिकर, पकेट कार्ड, एएमसी भाउचर (AMC Boochures) वितरणदेखि विभिन्न सेवा क्याम्पहरू (Service Camp) हरूमा समेत सक्रिय रहेको कम्पनीले जनाएको छ। अधिकांश ओईएम (OEM) ले आफ्ना ग्राहकहरूलाई एक्साइड ब्याटमोबाइल सेवा नै प्राथमिकता दिँदै आएको उल्लेख गरिएको छ।
कम्पनीका अनुसार, ५० हजार सेवा कलको यो उपलब्धि संस्थाका लागि अत्यन्तै महत्वपूर्ण सफलता हो। यस उपलब्धिमा प्राप्त मार्गदर्शनका लागि वरिष्ठ महाप्रबन्धक श्री सुरेश कुमार तिवारीलाई कम्पनीले विशेष धन्यवाद व्यक्त गरेको छ। साथै सबै वरिष्ठ अधिकारी, कर्मचारी, सहकर्मी, डिलर, रिटेलर तथा ओईएम (OEM) पार्टनरहरूलाई निरन्तर सहयोगका लागि हार्दिक आभार व्यक्त गरिएको छ। कम्पनीका अनुसार यो सफलता आगामी दिनहरूमा एक्साइड ब्याटमोबाइल सेवालाई अझ सशक्त बनाउँदै, अझ धेरै कल सेवा दिने र 100% ग्राहक सन्तुष्टि प्राप्त गर्ने लक्ष्य पूरा गर्ने प्रेरणा बनेको छ।


































