काठमाडौं। नेपालका लागि जिली EX5 को आधिकारिक आयातकर्ता तथा विक्रेता एलआरआर मोटर्सले वर्षको सुरुआतमै २०२६ मोडलको जिली EX5 सार्वजनिक गर्दै देशको अटोमोबाइल उद्योगमा फेरि एकपटक नयाँ मापदण्ड स्थापित गरेको छ ।
सामान्य बजार समय–तालिकाभन्दा निकै अगावै नयाँ मोडलको उपस्थितीलाई कम्पनीले उल्लेखनीय उपलब्धि बताएको छ ।
जिली EX5 खरिद गर्ने योजना बनाइरहेका ग्राहकहरूका लागि यो खबर अत्यन्तै सकारात्मक रहेको छ । अब ग्राहकहरूले अपेक्षाभन्दा निकै छिटो नयाँ मोडलको सवारीसाधन प्राप्त गर्न सक्नेछन्, जसले उच्च पुनःबिक्री मूल्य, अद्यावधिक प्रविधि तथा भविष्य–मैत्री ड्राइभिङ अनुभव सुनिश्चित गर्दछ ।
https://aarthikvoice.com/archives/80169
थप आकर्षणका रूपमा, २०२६ मोडलको जिली EX5 मा इनबिल्ट एप्पल कारप्ले तथा एन्ड्रोइड अटो कनेक्टिभिटी प्रदान गरिएको छ, जसले स्मार्टफोनसँगको सहज एकीकरणमार्फत समग्र ड्राइभिङ अनुभवलाई अझ सशक्त बनाएको छ।
यस प्रणालीमार्फत चालकहरूले सुरक्षित र सहज रूपमा नेभिगेसन, कल, सन्देश तथा मनोरञ्जन सुविधाहरू प्रयोग गर्न सक्नेछन्, जसले नेपालमा तीव्र गतिमा विस्तार भइरहेको विद्युतीय सवारी (ईभी) बजारमा जिली EX5 लाई प्रविधिमा अग्रणी इलेक्ट्रिक एसयूभीको रूपमा थप मजबुत बनाउने बताइएको छ ।
“नेपाली ग्राहकहरुलाई ढिलाइ नगरी नवीनतम विश्वव्यापी मोबिलिटी समाधान उपलब्ध गराउनु एलआरआर मोटर्सको सदैव प्राथमिकताको विषय होे,” एलआरआर मोटर्सका बिक्री प्रमुख अधिर श्रेष्ठले भने, “इनबिल्ट एप्पल कारप्ले र एन्ड्रोइड अटो जस्ता उन्नत सुविधासहित नयाँ EX5 ले ग्राहकहरूलाई थप सुविधा, कनेक्टिभिटी तथा दीर्घकालीन मूल्य प्रदान गर्नेमा हामी विश्वस्त छौँ।”
“ग्राहकहरूको दृष्टिकोणबाट हेर्दा, यसले अद्यावधिक प्रविधियुक्त सवारीसाधन र दीर्घकालीन रूपमा अधिक मूल्य प्राप्त गर्ने अवसर प्रदान गर्दछ,” श्रेष्ठले थपे ।
यस्तो प्रारम्भिक उपलब्धताले ग्राहकहरूलाई पुरानो वा आउटगोइङ मोडलको सवारीसाधन खरिद गर्नुपर्ने अवस्थाबाट बचाउँछ । यस कदमले एलआरआर मोटर्सलाई बजार समयतालिकाभन्दा अघि रहन र ग्राहकको अपेक्षा पूरा गर्न प्रतिबद्ध अग्रणी ब्रान्डको रूपमा स्थापित गरेको छ ।
समयमै गरिएको सार्वजनिकरणसँगै, एलआरआर मोटर्सले नवप्रवर्तन, ग्राहक सन्तुष्टि तथा विश्वस्तरीय सवारीसाधन नेपाली बजारमा उपलब्ध गराउने लक्ष्यप्रति केन्द्रित अग्रगामी अटोमोबाइल कम्पनीको रूपमा आफ्नो पहिचान अझ सुदृढ बनाएको छ ।


































