National life

एलआरआर मोटर्स्द्धारा सोमार्जुन मोटर्स् अधिकृत डिलर नियुक्त; बुटवलमा नयाँ शो-रुमको उद्घाटन

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|०१ मंसिर २०८२, सोमबार
1.2kShares
एलआरआर मोटर्स्द्धारा सोमार्जुन मोटर्स् अधिकृत डिलर नियुक्त; बुटवलमा नयाँ शो-रुमको उद्घाटन
ncell

बुटवल । नेपालको लागि जिली इएक्स फाइभको आयातकर्ता एलआरआर मोटर्स्ले देशैभर डिलर बिस्तार गर्ने आफ्नो रणनीतिक योजनाअन्तर्गत बुटवलको लागि सोमार्जुन मोटर्स्लाई आधिकारिक डिलर नियुक्त गरेको छ । बुटवल र आसपासका क्षेत्रहरूका लागि जिली इएक्स फाइभका ईभिहरु स्थानीय स्तरमै उपलब्ध गराउने उद्देश्य सहित आज आयोजित एक विशेष समारोहको क्रममा सोमार्जुन मोटर्स्द्धारा नव–निर्मित शो–रुमको औपचारिक उद्घाटन समेत गरिएको छ ।

एलआरआर मोटर्स्ले यस वर्षभित्र देश भरी जम्मा १४ वटा डिलर नियुक्त गर्ने हालैको घोषणाको पहिलो खुड्किलोको रूपमा आजको डिलर शोरुमको उद्घाटनलाई लिइएको छ । साथै आजकै उद्घाटन कार्यक्रमको अवसरमा सोमार्जुन मोटर्स्ले दुई वटा जिली इएक्स फाइभ म्याक्सको बिक्री हस्तान्तरण गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पहिलो दिनमै दुई वटा इएक्स फाइभको बिक्रीले यस क्षेत्रमा जिली ब्राण्डको लोकप्रियता र ग्राहकहरूको रुचिलाई दर्साएको कम्पनीले जनाएको छ ।

उद्घाटन समारोहसँगै नयाँ डिलर–शो–रूमले पूर्ण रूपमा सञ्चालनको थालनी गर्दै बुटवल तथा आसपासका क्षेत्रका ग्राहकहरूको लागि जिलीका विश्व प्रसिद्ध इएक्स फाइभ म्याक्स र प्रो मोडेलहरूको बिक्री, बिक्री–पछिको सेवा तथा स्पेयर पाट्र्सको सहज उपलब्धता गराउनेछ । “बुटवल क्षेत्रका लागि एलआरआर मोटर्स्को अधिकृत डिलरका रूपमा चयन भइ यहाँका इभीप्रेमीहरुको लागि जिली इएक्स फाइभलाई उहाँहरूको घरदैलोसम्म पु¥याउन पाउँदा हामी हर्षित छौं,” सोमार्जुन मोटर्स्का सीईओ अर्जुन भुसाल भन्छन् “हामीले बुटवलका ग्राहकहरूलाई विश्वस्त, आधुनिक र सुरक्षित इभि विकल्प प्रदान गर्ने उद्देश्यका साथ जिली इएक्स फाइभको वितरण सुरु गरेका हांै । इएक्स फाइभको गुणस्तर, प्राविधिक क्षमता र भरपर्दोपनाले यसलाई हाम्रो क्षेत्रकै अत्यन्त आकर्षक मोडल बनाउनेमा हामी पूर्ण रूपमा विश्वस्त छौं ।”

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै एलआरआर मोटर्सका निर्देशक जीवन जंग शाहीले जिली ब्राण्डको देशव्यापी विस्तारमा सोमार्जुन मोटर्स्जस्तो प्रतिबद्ध र सक्षम साझेदार अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो । नयाँ शो–रूमले अत्याधुनिक प्रविधि, गुणस्तरीय सेवा र उन्नत ग्राहक अनुभवप्रतिको साझा प्रतिबद्धता झल्काएको उनले बताए । “सोमार्जुन मोटर्स्लाई जिली इएक्स फाइभको डिलर सञ्जालमा स्वागत गर्न पाउँदा हामी अत्यन्त खुसी छौं। यस क्षेत्रमा सोमार्जुनको स्थानीय विश्वसनीयता र ग्राहक–सेवाप्रतिको प्रतिबद्धताले पश्चिम क्षेत्रमा हाम्रो विस्तारलाई अझ प्रभावकारी बनाउनेमा हामी ढुक्क छौं।”

सोमार्जुन मोटर्स्ले बुटवल र आसपासका क्षेत्रहरूको इभी उपभोक्ताहरूको बदलिँदो आवश्यकताअनुसार सेवा पु¥याउन सक्षम अनुभवी जनशक्ति र जिलीको विश्वस्तरिय मापदण्डअनुसारका आधुनिक बिक्रीपश्चात्को सेवा सुविधाहरूसमेतको व्यवस्था गरेको छ । बुटवलमा जिली इएक्स फाइभ उपलब्ध भएसँगै, ग्राहकहरूले सहज सेवा, गुणस्तरीय स्पेयर पाट्र्स तथा उत्कृष्ट बिक्री–पछिको सेवा पनि सोमार्जुन मोटर्समार्फत प्राप्त गर्ने कम्पनीको भनाइ छ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?