National life

एल.आर.आर मोटर्सद्वारा ‘एक्लो-१’ को विशेष प्रदर्शन, विजय लामा र नेपाली चलचित्रप्रति समर्थन

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|२२ पुस २०८२, मङ्गलबार
1.3kShares
एल.आर.आर मोटर्सद्वारा ‘एक्लो-१’ को विशेष प्रदर्शन, विजय लामा र नेपाली चलचित्रप्रति समर्थन
ncell

काठमाडौं । नेपालका लागि जेवाई एयर ईभी (JY Air EV) को आधिकारिक आयातकर्ता तथा वितरक एल.आर.आर मोटर्स ले आफ्नो ब्राण्ड एम्बेसडर वरिष्ठ हवाई क्याप्टेन एवं कलाकार विजय लामा तथा नेपाली चलचित्र ‘एक्लो–१’ को सृजनात्मक टिमसँग सहकार्य गर्दै विशेष चलचित्र प्रदर्शनको आयोजना गरेको छ।

कम्पनीले जेवाई एयर ईभीका ग्राहक, उनीहरूका परिवार तथा साथीहरूका साथै सञ्चारकर्मीहरूलाई लक्षित गर्दै सामूहिक रूपमा चलचित्र प्रदर्शन गर्दै नेपाली चलचित्र उद्योगप्रति आफ्नो समर्थन जनाएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
विजय लामा अभिनीत चलचित्र ‘एक्लो–१’ हाल देशभरका सिनेमा हलहरूमा सफलतापूर्वक प्रदर्शन भइरहेको छ।

नेपाली समाज, कला र सिर्जनात्मक क्षेत्रमा विजय लामाको बहुआयामिक योगदानको सम्मानस्वरूप एल.आर.आर मोटर्सले चलचित्रका टिकटहरू खरिद गरी चलचित्र उत्सवको आयोजना गरेको जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रबन्ध निर्देशक जीवन जङ्ग शाही ले विजय लामा अनुशासन, नेतृत्वकला र सिर्जनशीलताको प्रतीक रहेको उल्लेख गरे। उनले भने, “यी मूल्यहरू जेवाई एयर ब्राण्ड र एल.आर.आर मोटर्सले पनि मजबुत रूपमा अंगिकार गरेका छन्। ‘एक्लो-१’ प्रतिको हाम्रो समर्थन केवल ब्राण्ड एम्बेसडरप्रतिको सम्मान मात्र होइन, समग्र नेपाली चलचित्र र सिर्जनात्मक अभिव्यक्तिलाई प्रोत्साहन गर्ने हाम्रो प्रतिबद्धता हो।”

कार्यक्रममा क्याप्टेन एवं कलाकार विजय लामाले एल.आर.आर मोटर्सको पहलले आफू मात्र नभई चलचित्रसँग आबद्ध सम्पूर्ण टिमलाई थप ऊर्जा र प्रेरणा दिएको बताए। उनले भने, “यस अर्थपूर्ण पहलका लागि एल.आर.आर मोटर्स र जेवाई एयर ईभी परिवारप्रति म अत्यन्तै आभारी छु। कला, संस्कृति र सिनेमालाई साथ दिने कर्पोरेट क्षेत्रको सक्रियता प्रेरणादायी छ।”

यस पहलमार्फत एल.आर.आर मोटर्सले प्रभावशाली व्यक्तित्व, प्रगतिशील मोबिलिटी समाधान तथा नेपालमा विकसित हुँदै गएको सामाजिक र सांस्कृतिक परिवेशमा सकारात्मक योगदान पुर्‍याउने आफ्नो प्रतिबद्धता पुनः दोहोर्‍याएको जनाएको छ।

बरिष्ठ क्याप्टेन एवं कलाकार विजय लामा एभिएसन–थीममा आधारित जेवाई एयर विद्युतीय सवारीसाधन (ईभी) का ब्राण्ड एम्बेसडर हुन्। जेवाई एयर ईभीमार्फत एल.आर.आर मोटर्सले नेपालमा प्रविधि, दिगोपना र कार्यक्षमतामा आधारित वातावरणमैत्री तथा नवप्रवर्तनशील गतिशील समाधान प्रदान गर्ने लक्ष्य लिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?