National life

काठमाडौ चितवन पोखरा यात्रामा जामकै कारण सास्ती खेप्दै यात्रु

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ असोज २०८१, मङ्गलबार
607Shares
काठमाडौ चितवन पोखरा यात्रामा जामकै कारण सास्ती खेप्दै यात्रु
ncell

काठमाडौं । चाडपर्व नजिकिएसँगै शहर बजारमा बसोबास गर्नेहरु बिस्तारै गाउँ फर्किन थालेका छन् । पसल, होटल, व्यवसाय गर्नेहरुलाई हतारो परेको छ । दसैं मनाउन राजधानीबाट बाहिरिनेको सङ्ख्या बढ्दो छ । योसंगै राजधानीबाट बाहिरिने यात्रुहरुले काठमाडौ चितवन पोखरा लगायतका अन्य मुख्य राजमार्गमै लामो जाम तथा गर्मीका कारण सास्ती खेप्नुपरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

राजधानी भित्रिने र राजधानीबाट पूर्वपश्चिमका जिल्ला जाने यात्रुहरुले जामको सास्ती खेप्नु परेको गुनासो गरेका छन् । मलेखुदेखि चितवन मुग्लिङसम्म कै जामको कारण बिहानै देखि विभिन्न स्थानमा छुट्ने गाडी विच बाटोमै अलपत्र परेको एकजना यात्रुले आर्थिक भ्वाइसलाई जानकारी दिए ।

एकसाता देखिको सवारी चापले गर्दा नौबिसे–नागढुङा अन्र्तगत पर्ने त्रिभुवन राजपथ र नौविसेदेखि मुग्लिनसम्मको पृथ्वी राजमार्गमा ठाउँ ठाउँमा सवारी जाम पर्ने गरेको छ । असुरक्षित यात्रा र अड्कल गरेको समयमा ठाउँमा नपुग्नु आम जनताको हैरानीको विषय बनेको छ ।

अहिले चाडपर्वको समयमा सवारीको चाप बढ्दा काठमाडौ जोड्ने राजमार्गहरुमा दोब्बर जाम बढेको छ ।

 

 

यो समाचार शेयर गर्नुहोस्
607SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?