National life

केवाइसी गाडीको आयात तथा बिक्रीवितरणमा अदालतको रोक

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|०९ पुस २०८२, बुधबार
1.1kShares
केवाइसी गाडीको आयात तथा बिक्रीवितरणमा अदालतको रोक
ncell

काठमाडौं। काठमाडौं जिल्ला अदालतले केवाइसी  ब्रान्डका इलेक्ट्रिक भ्यानको आयात, आपूर्ति तथा बिक्री–वितरण रोक्न अन्तरकालीन आदेश जारी गरेको छ । मंगलबार अदालतले केवाइसीसँग मोडेल, बनावट, फिचर र प्राविधिक स्पेसिफिकेसन मिल्ने अन्य नामका सवारीसाधन समेत आयात र बिक्रीवितरण नगर्न गर्न आदेश जारी गरेको छ ।

देवानी कार्यविधि संहिता, २०७४ को दफा १५६ बमोजिम अन्तरकालीन आदेश जारी गर्दै अदालतले केवाइसी ब्रान्डका गाडी मात्र होइन, नाम परिवर्तन गरेर वा अन्य कम्पनी तथा व्यक्तिको नाममा उही स्पेसिफिकेसनका गाडी भित्र्याउने र बजारमा बिक्री वितरण गर्ने कार्य रोक्न निर्देशन दिएको हो । यस अघि अदालतको आदेश विपरित ‘नियोसिया’ ब्रान्डमा केवाइसी गाडी आयात तथा विक्री गरिदै आएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

https://aarthikvoice.com/archives/76178

आदेशमा भनिएको छ, “चिनिया कम्पनीबाट उत्पादित केवाइसी ब्रान्डका गाडीसँग स्पेसिफिकेसन मिल्ने गाडीहरु निवेदक वादी बाहेक अन्य कम्पनी/व्यक्तिको नामबाट आपुर्ती तथा विक्री वितरण नगर्नु नगराउनु, करार सम्झौता यथास्थितिमा कायम राख्नु भनी विपक्षीहरुका नाममा देवानी कार्यविधि संहिता, २०७४ को दफा १५६ बमोजिम यो अन्तरकालीन आदेश जारी गरिदीएको छ ।”

काठमाडौं जिल्ला अदालतको आदेशमा केवाइसी ब्रान्डका सवारीसाधन अन्य कम्पनी वा व्यक्तिको नामबाट उत्पादन, आपूर्ति तथा बिक्री वितरण भइरहेको अवस्थामा करार सम्झौता, बौद्धिक सम्पत्ति अधिकार र उपभोक्ता हितमा गम्भीर क्षति पुग्ने उल्लेख गरिएको छ । अन्तिम फैसला नआएसम्म यस्ता सबै गतिविधि यथास्थितिमा राख्न अदालतले आदेश दिएको हो ।

विवादित गाडीहरू केवाइसी ब्रान्डकै मोडेल, बनावट र फिचर मिल्ने भए पनि नाम परिवर्तन गरी ‘नियोसिया’ तथा ‘नियोसिया स्टार भी ईभी’ नाममा आयात गरिएको आरोप लाग्दै आएको छ। यस प्रकरणमा ‘इलेक्ट्रिक ड्रीम्स मोबिलिटी प्रालि’ र त्यसकै सञ्चालकहरूले स्थापना गरेको ‘एम्बर मोटर्स प्रालि’ संलग्न थिए । दुवै कम्पनी एउटै समूहका व्यक्ति सञ्चालकमा रहेकाले अदालतको आदेश छलेर गाडी आयात गरिरहेका थिए ।

कानुनी जानकारहरूका अनुसार आदेश विपरित गाडी खरिद विक्री गरिए गाडी खरिदकर्तालाई समेत भविष्यमा कानुनी जोखिममा पार्ने सम्भावना रहन्छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?