काठमाडौँ । दाङमा गुडिरहेको ट्रकमा आगलागी हुँदा ट्रक जलेर नष्ट भएको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत महेन्द्रनगरबाट दाङको लमही आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३३३७ नम्बरको ट्रकमा आइतबार बिहान आफैँ आगलागी भएर जलेर नष्ट भएको हो।
लमही नगरपालिका –९ चाउखोलानजिकै गुडिरहेको ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले बताए। वायरिङ सर्ट भएर आगो लागेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको छ ।
ट्रकमा लागेको आगो बिहान सवा ५ बजेतिर लमही नगरपालिकाको दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ। प्रहरी उपरीक्षक केसीका अनुसार ट्रकमा चालकसहित तीन जना सवार रहेको थिए।
आगलागीबाट ट्रकको इन्जिनको भाग, बम्परको भाग र ६ वटा टायर पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। ट्रक लमहीस्थित सिमेन्ट उद्योगबाट सिमेन्ट लिन आइरहेको प्रहरीले जानकारी दिएको छ ।


































