काठमडौं । आयन र एक्स्पेङका आधिकारिक विक्रेता सीजी मोटर्सले थापाथलीमा नयाँ आयन र एक्स्पेङ एक्स्पेरिएन्स सेन्टरको भव्य उद्घाटन गरेको छ। नयाँ केन्द्र पुरानो शोरुमसँगै मुख्य सडकबाट करिब २० मिटर भित्र अवस्थित रहेको छ।
यस एक्स्पेरिएन्स सेन्टरले आगन्तुकहरूलाई आयन र एक्स्पेङका आधुनिक इलेक्ट्रिक भेइकल (ईभी) मोडेलहरू प्रत्यक्ष अवलोकन, बुझ्न र अनुभव गर्ने अवसर प्रदान गर्नेछ। हाल सेन्टरमा आयन वाइ, आयन भी, र एक्स्पेङ जी६ प्रदर्शनमा रहेका छन्।
आयन वाइ १०० किलोवाट मोटर र ६१.४ किलोवाट आवर लिथियम आयरन फस्फेट ब्याट्रीसहित उपलब्ध छ, जसले ५०० किलोमिटरको एकपटक चार्जमा रेन्ज दिन्छ। यसमा अधिकतम २२५ एनएम टर्क र आरामदायी ८–प्वाइन्ट मसाज सिट जस्ता विलासी सुविधा समावेश छन्।
आयन भी लक्जरी मोडेल ७५.३ किलोवाट आवर ब्याट्रीसहित ६५० किलोमिटरको रेन्ज दिने क्षमता राख्दछ। यसको मूल्य रु ६९.९ लाख र आयन वाइ रु ५८.५ लाख रुपैयाँ कायम गरिएको छ ।
एक्स्पेङ जी६ प्रिमियम एसयूभी मोडेलको रूपमा रु ८४.९९ लाखमा उपलब्ध छ। यसमा ४४० एनएम टर्क, अटो पायलट फिचर, ५–स्टार युरो एन–क्याप सुरक्षा रेटिङ, १९० किलोवाट मोटर पावर, र ९–डाइमेन्सन ब्याट्री सेफ्टी सिस्टम जस्ता अत्याधुनिक सुविधा छन्।
ग्राहकहरूले सेन्टरमा प्रत्यक्ष अवलोकन, टेस्ट ड्राइभ बुकिङ, बुकिङ र तत्काल डेलिभरीको सुविधा लिन सक्नेछन्। त्यस्तै, विशेष अफरहरू, आकर्षक उपहारहरू र सीजी मोटर्सका ईभी विज्ञबाट व्यक्तिगत परामर्श सेवा पनि उपलब्ध हुनेछ।


































