काठमाडौं। नजिकिँदै गरेका चाडपर्वमा गाडीभाडा नबढ्ने भएको छ । सरकार र यातायात व्यवसायी महासंघबीच शनिबार भएको छलफलमा दशैं, तिहार र छठका समयमा सवारी साधनको भाडादर अहिलेकै कायम राख्ने सहमति भएको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको उपस्थितिमा भएको छलफलमा यायातात व्यवसायीबीच दशैं, तिहार र छठ पर्वलाई ध्यानमा राखेर विभिन्न ७ बुँदे सहमति भएको छ ।
छलफलमा इन्धनको मूल्य ५ प्रतिशतभन्दा बढी वृद्धि हुँदा गरिने वैज्ञानिक भाडा समायोजन र अन्य कारणले गर्नुपर्ने समायोजन छठपर्वपछि मात्र गर्ने सहमति भएको हो ।
यस्तै सरकारले सवै सडकहरुको मर्मतसम्भार घटस्थापना अघि नै गरिसक्न समेत विभागलाई भनेको छ । यस्तै यात्रुहरुको यात्रा सुनिश्चित एवं सुरक्षित गर्न यातायात व्यवस्था विभागसँग आवश्यक छलफल गरी दशैंतिहारका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्न समेत सरकारले यातायात व्यवसायीलाई आग्रह गरेको छ ।
यस्ता छन ७ बुँदे सहमतिका निर्णयहरु
२) वि.पी राजमार्ग सडक सुरक्षाका लागि पूर्व निर्धारित प्रकारका सवारी साधन मात्र चलाउन एवम् रात्री सवारी संचालन नगर्ने विषय प्रभावकारी रुपमा लागु गर्न गृह मन्त्रालयरनेपाल प्रहरीमा अनुरोध गर्ने । सो विषयमा यातायात व्यवस्था विभागबाट अनुगमन गरी मन्त्रालयमा रिपोर्ट गर्ने ।
३) यात्रुहरुको यात्रा सुनिश्चित एवं सुरक्षित गर्न यातायात व्यवस्था विभागसंग छलफल गरी शीघ्र अग्रिम टिकट बुकिङ खुल्ला गर्ने ।
४) यात्रा सुरक्षित र सहज बनाउन यान्त्रिक परीक्षण गरी संम्बन्धित वसपार्कबाट गन्तव्य स्थल तर्फ जाने गरी व्यवस्थित गर्ने ।
५) इन्धनको मूल्य पाँच प्रतिशत भन्दा बढी घटवढ हुँदा गरिने गरिएको वैज्ञानीक भाडा समायोजन विगत एक वर्ष देखि तथा इन्धनको मूल्य वाहेकको अन्य कारणले गर्नु पर्ने समायोजन विगत तीन वर्षदेखि नभएको सन्दर्भमा आवश्यक तयारी गरी छठ पछिको हप्तामा उक्त भाडादर समायोजन गर्न यातायाता व्यवस्था विभागलाई निर्देशन दिने ।
६) यातायात सुधार सुझाव कार्यदलको प्रतिवेदन कार्यान्वयनको विषयमा तत्काल गर्न सकिने विषयहरुको सम्बोधन गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिने एवम् अन्य निकायहरुसँग सम्बन्धित सुझावहरु कार्यान्वयनका लागि सम्बन्धित निकायहरुमा अनुरोध गर्ने ।
७) यातायात व्यवस्थापनसँग सम्बन्धित सम्मानित अदालतवाट भएका आदेशर फैसला कार्यान्वयनका व्यवस्था विभागलाई निर्देशन दिने ।



































