National life

चार महिनामा सात अर्बको गाडी आयात : चीनबाट सबैभन्दा बढी, राजस्व कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०८ मंसिर २०८२, सोमबार
583Shares
चार महिनामा सात अर्बको गाडी आयात : चीनबाट सबैभन्दा बढी, राजस्व कति ?
ncell

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालमा ३ हजार २०३ युनिट विद्युतीय कार, जीप र भ्यान आयात भएका छन्। यस अवधिमा यी गाडीहरूको कुल आयात मूल्य सात अर्ब ५४ करोड ८२ लाख ५० हजार रुपैयाँ पुगेको छ।

भन्सार विभागका तथ्यांक अनुसार, विद्युतीय गाडी आयातबाट चार अर्ब ६८ करोड ८९ लाख ९० हजार रुपैयाँ राजस्व संकलन भएको छ। नेपालमा विश्वप्रसिद्ध ब्रान्डका ५० किलोवाटदेखि ३०० किलोवाटसम्मका विद्युतीय गाडीहरू आयात हुने गरेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सबैभन्दा धेरै आयात भएको सेग्मेन्ट ५१ देखि १०० किलोवाट रहेको छ। यस समूहमा एक हजार ८२६ युनिट गाडी भित्रिएका छन्, जसको कुल मूल्य चार अर्ब ७४ करोड ६९ लाख रुपैयाँ छ। विद्युतीय गाडीहरू मुख्यत: छिमेकी मुलुक चीनबाट आयात हुने गरेको छ। यसका साथै भारत, कोरिया, जर्मनी, इन्डोनेसिया र अमेरिका जस्ता मुलुकहरूबाट पनि नेपालमा गाडीहरू आयात भइरहेका छन्।

असोज मसान्तसम्मको तथ्यांक अनुसार, ५० किलोवाटसम्मका गाडी एक हजार २ युनिट (कुल मूल्य: एक अर्ब ६८ करोड ९९ लाख रुपैयाँ) आयात भएका छन्। १०१–२०० किलोवाट सेग्मेन्टमा ३७४ युनिट गाडी (कुल मूल्य: एक अर्ब १० करोड ६४ लाख रुपैयाँ) भित्रिएका छन् भने २०१–३०० किलोवाट सेग्मेन्टमा केवल १ युनिट गाडी (कुल मूल्य: ४८ करोड ४९ लाख रुपैयाँ) आयात भएको विभागको तथ्यांकमा उल्लेख छ।

यो समाचार शेयर गर्नुहोस्
583SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?