काठमाडौं । टियागो इभि कार्टनिभल अन्तर स्कुल चित्रकला कार्यक्रम अन्तर्गत प्रदर्शनी र पुरस्कार वितरण कार्यक्रम हालै सम्पन्न भएको छ । सिप्रदियन सहायता संस्था र बुढानिलकण्ठ स्कुलको सहकार्यमा आयोजित अन्तर स्कुल चित्रकला कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो ।
१० निजी र ६ सामुदायिक गरी १६ विद्यालयका ३७७ भन्दा बढी विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएको कार्यक्रम, चित्रकला प्रदर्शनी तथा विशेष पुरस्कार वितरण समारोह सहित सम्पन्न भएको छ । ।
दुई चरणमा विभाजन गरिएको यस कार्यक्रमको पहिलो चरण अन्तर्गत गत मङ्सिर १३ गते चित्रकला प्रतियोगिता र कार्यशाला सञ्चालन गरिएको थियो भने दोस्रो चरणमा पौष २८ गते उत्कृष्ट कृतिहरूको प्रदर्शनी तथा पुरस्कार वितरण गरिएको थियो ।
प्रतियोगिताको कक्षा ५ देखि ८ को समूहमा काठमाडौँ यूरो स्कुलकी ब्रिशा भट्टले द्वितीय, नेशनल ब्लुमिंग फ्लावोर एकेडेमीका सामिक कुँवरले तृतीय, बुढानिलकण्ठ स्कुलका दक्ष चौधरीले चौथो र त्रियोग हाईस्कुलकी आश्वी घलेले पाँचौँ स्थान हासिल गरेका छन् । त्यसैगरी कक्षा ९ देखि १२ को समूहमा बुढानिलकण्ठ माध्यमिक विद्यालयकी युनिशा श्रेष्ठ र राजन मुखिया क्रमशः द्वितीय र तृतीय हुन सफल भएका छन् ।
उक्त कार्यक्रम बुढानिलकण्ठ स्कुलका प्रिन्सिपल केशर खुलाल, सिप्रदी ट्रेडिङ प्रा.लि.का पेसेन्जर सेग्मेन्ट प्रमुख सावन्त जङ्ग सिजापतिका साथै शिक्षक, अभिभावक, सहभागी स्कुलका विद्यार्थी, तथा कला क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थितिमा सु सम्पन्न भएको थियो ।


































