काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा सौर्य एयरलाईन्सको जहाज दुर्घटना भएको छ । जहाज पोखराका लागि रनवेबाट उड्ने क्रममा दुर्घटनामा परेको हो।
उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले एयरलाईन्सले जानकारी दिएको छ । हाल अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरूको टोली उक्त जहाजमा भएको आगो निभाउने प्रयास गरिरहेको एअरलाईन्सले जानकारी दिएको छ ।
जहाज किन र कसरी दुर्घटना भयो भन्ने बारेका कुनै जानकारी नआएको एयरलाइन्सले जनाएको छ । जहाजमा मानवीय क्षति भए नभएको विषयमा कुनै जानकारी नआएको सौर्य एयरलाईन्स कर्मचारीले जानकारी दिएका छन् ।


































