National life

दरबारमार्ग मूल सडकमा २ दिनका लागि गाडी चलाउन नपाइने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ असोज २०८१, बुधबार
676Shares
दरबारमार्ग मूल सडकमा २ दिनका लागि गाडी चलाउन नपाइने
ncell

काठमाडौँ । काठमाडौँको दरबारमार्ग मूल सडकमा २ दिनका लागि गाडी चलाउन नपाइने भएको छ। आज बुधवार र भोलि बिहीबार रातीसम्मकै लागि उक्त क्षेत्रमा गाडीको आवागमनमा रोक लगाइएको छ ।

संविधान दिवसको दिन भोलि असोज तीन गते दरबारमार्गमा हुने साङ्गीतिक कार्यक्रमका लागि स्टेज बनाउने काम भइरहेको छ । काम भइरहेकाले यो क्षेत्रमा गाडी चलाउन रोक लगाएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सरकारले संविधान दिवसको मूल समारोह सैनिक मञ्च टुँडिखेलमा गर्ने र बेलुका नारायणहिटी दरबार अगाडिको सडकमा साङ्गीतिक कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

केशर महल चोकबाट नारायणहिटीको दक्षिण गेटतर्फ जाने गाडीलाई जमलतर्फ, जय नेपाल चोकबाट दक्षिण गेटतर्फ आउने गाडीलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र शालिक चोकबाट दक्षिण गेटतर्फ जाने गाडीलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको ट्राफिक कार्यालयले जानकारी दिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
676SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?