काठमाडौं । नेपालका लागि डोङफेङ र सेरेस इलेक्ट्रिक सवारी साधनका आधिकारिक वितरक एमएडब्लु वृद्धिले दाङ्गमा हालसम्मकै सबैभन्दा ठूलो ‘टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प’ आयोजना गर्ने भएको छ। इलेक्ट्रिक सवारीप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै आयोजना गर्न लागिएको यो क्याम्प पौष १९ देखि २१ गते २०८२ सम्म राप्ती अटोमार्ट प्रालि, दाङ्गमा सञ्चालन हुनेछ, जसले दाङ्ग क्षेत्रका लागि डोङफेङ नेपालको आधिकारिक वितरकको रूपमा काम गर्नेछ।
यस क्याम्पमार्फत ग्राहकहरूले टेस्ट ड्राइभसँगै आकर्षक आर्थिक सुविधा, उत्कृष्ट एक्सचेन्ज सहुलियत तथा विशेष अफरहरू प्राप्त गर्दै सहज रूपमा इलेक्ट्रिक सवारी साधनतर्फ रूपान्तरण हुने अवसर पाउनेछन्।
यो ‘टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प’ दुई महत्वपूर्ण अवसरको उपलक्ष्यमा आयोजना गरिएको एमएडब्लु वृद्धिले जनाएको छ।
इलेक्ट्रिक सवारी स्वामित्वलाई अझ सहज, किफायती र सर्वसुलभ बनाउने उद्देश्यले एमएडब्लु वृद्धिले क्याम्प अवधिभर विशेष लाभहरूको आकर्षक प्याकेज सार्वजनिक गरेको छ। ग्राहकहरूले नामी भिगो र नामी बक्स विशेष नाडा मूल्यमा खरिद गर्न सक्नेछन्।
यसका साथै, ग्राहकलाई ७ किलोवाट क्षमताको द्रुत चार्जर र ३.५ किलोवाट क्षमताको पोर्टेबल चार्जर सहित निःशुल्क अटो प्लस बीमा पनि उपलब्ध गराइनेछ। उच्चस्तरीय इलेक्ट्रिक एसयूभी चाहने ग्राहकहरूका लागि सेरेस ब्रान्डमा अधिकतम ६ लाख रुपैयाँसम्मको विशेष लाभ प्रदान गरिनेछ।
सबै मोडेलमा पुराना सवारी साधनको उत्कृष्ट मूल्याङ्कन (एक्सचेन्ज) सुनिश्चित गरिनेछ भने, क्याम्प अवधिमा टेस्ट ड्राइभ लिने प्रत्येक आगन्तुकलाई निश्चित उपहार प्रदान गरिने व्यवस्था गरिएको छ।
दाङ्गमा सञ्चालनमा आएको नयाँ अत्याधुनिक शोरूमले अब डोङफेङ र सेरेसका इलेक्ट्रिक सवारी साधनहरूको प्रमुख बिक्री तथा सेवा केन्द्रका रूपमा यस क्षेत्रका ग्राहकलाई सेवा दिनेछ। एमएडब्लु वृद्धिले दाङ्ग तथा आसपासका ग्राहकहरूलाई यी इलेक्ट्रिक सवारी साधनको उत्कृष्ट प्रदर्शन प्रत्यक्ष अनुभव गर्न, साथै सीमित अवधिका विशेष अफरहरूको लाभ उठाउन हार्दिक आमन्त्रण गरेको छ।


































