National life

दाङ्गमा डोङफेङ इलेक्ट्रिक शोरूम उद्घाटन, पश्चिम नेपालमा विद्युतीय सवारीको पहुँच बढाउने महत्वपुर्ण कदम

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|२० पुस २०८२, आइतबार
1KShares
दाङ्गमा डोङफेङ इलेक्ट्रिक शोरूम उद्घाटन, पश्चिम नेपालमा विद्युतीय सवारीको पहुँच बढाउने महत्वपुर्ण कदम
ncell

नेपालका लागि डोङफेङ इलेक्ट्रिक सवारी साधनका आधिकारिक वितरक एमएडब्लु वृद्धिले दाङ्गमा नयाँ स्टेट–अफ–दि–आर्ट डोङफेङ शोरूमको औपचारिक उद्घाटन गरेको छ। राप्ती अटोमार्ट प्रा.लि.सँगको साझेदारीमा सम्पन्न यो उद्घाटनले पश्चिम नेपालमा विद्युतीय यातायात विस्तार गर्ने दिशामा महत्वपूर्ण कदमको रुपमा मानिएको छ।

उद्घाटन कार्यक्रममा स्थानीय प्रतिष्ठित व्यक्तित्व, अटोमोबाइल पारखी, सञ्चारकर्मी र अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रमुख अतिथिका रूपमा एफएनसिसीआई दाङ्गका वरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठ तथा डोङफेङ मोटर इन्डस्ट्रि इम्पोर्ट एन्ड एक्सपोर्ट कम्पनीका दक्षिण एसिया क्षेत्रीय प्रबन्धक  हे जिक्सिनले कार्यक्रममा उपस्थित भएर अवसरलाई विशेष बनाएका थिए। एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकरिया र एमएडब्लु वृद्धि मोटर्सका प्रमुख कार्यकारी अधिकृत प्रशन्न पन्तले पनि उद्घाटनमा सहभागिता जनाए।

उद्घाटनसँगै बहुप्रतीक्षित स्मार्ट इलेक्ट्रिक एसयुभी नामी भिगो को औपचारिक अनावरण पनि गरिएको छ। ९९ किलोवाट मोटर र ३५० किलोमिटर डब्ल्यूएलटीपी रेन्जसहितको यस एसयुभीमा म्याजिक क्युब डिजाइन, सेग्मेन्टमै पहिलो हेभेन एन्ड अर्थ टेलगेट, एम्बियन्ट लाइटिङ, मेमोरी सिट तथा लेभल–२ एडास सुरक्षा प्रणाली जस्ता सुविधाहरू समावेश छन्। साथै, अल्ट्रा फास्ट चार्जिङ सुविधा प्रयोगकर्तालाई मात्र १८ मिनेटमै ३० प्रतिशतदेखि ८० प्रतिशत चार्ज गर्ने सुविधा प्रदान गर्छ।

यस अवसरमा एमएडब्लु वृद्धि र राप्ती अटोमार्टले “टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प” पनि सुरु गरेका छन्। क्याम्प अवधिभर ग्राहकहरूले नामी भिगो वा नामी बक्स मोडेल विशेष नाडा मूल्यमा खरिद गर्न सक्नेछन्। ७ किलोवाट फास्ट चार्जर र ३.५ किलोवाट पोर्टेबल चार्जरसहितको डुअल–चार्जिङ समाधान, निःशुल्क अटो प्लस बीमा, र सेरेस मोडेलमा अधिकतम ६ लाख रुपैयाँसम्मका विशेष लाभहरू पनि उपलब्ध गराइनेछ।

नयाँ शोरूमले बिक्री, सेवा तथा स्पेयर पार्ट्सको सम्पूर्ण सुविधा उपलब्ध गराउने छ। एमएडब्लु वृद्धिले दाङ्गवासीहरूलाई यी उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक सवारी साधन प्रत्यक्ष अनुभव गर्न र सीमित अवधिका विशेष अफरहरूको लाभ उठाउन हार्दिक आमन्त्रण गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?