National life

देउसी भैलो खेल्ने समूह बोकेको गाडी दुर्घटना, १० जना घाइते

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ कात्तिक २०८१, शनिबार
571Shares
देउसी भैलो खेल्ने समूह बोकेको गाडी दुर्घटना, १० जना घाइते
ncell

काठमाडौं । पश्चिम नवलपरासीको सुस्तामा देउसी भैलो खेल्ने समूह बोकेको गाडी दुर्घटना भएको छ । उक्त दुर्घटनामा १० जना घाइते भएका छन् । सुस्ता गाउँपालिका वडा नम्बर ३ बिगेपस्थित भित्री सडक खण्डमा लु ३ च ६०३२ नम्बरको पिकअप गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

देउसी भैलो टोली बोकेर हिँडेको पिकअप गाडीले बाख्रालाई जोगाउने क्रममा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

दुर्घटनामा परि १० जना घाइते भएका छन् । उनीहरूमध्ये ४ जनाको अवस्था मध्यम र ६ जनाको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ । घाइतेहरूलाई उपचारका लागि सहिद स्मृति अस्पताल चौपत्ता लगिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
571SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?