काठमाडौँ । आज बिहान काठमाडौँको नक्सालस्थित टेस्ला शोरूममा आगलागी भएको छ । उक्त आगलागीबाट शोरुमको पहिलो र दोस्रो तलामा क्षति पुगेको छ ।
शोरुममा भएको उक्त आगलागी दमकलको सहायतामा निभाएको भएपनी भवनको बाहिरी भागमा क्षति भएको छ ।
शोरुम भित्रको गाडीमा भने कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।
कार्यालयमा भएका कम्प्युटरदेखि अन्य केही सामानमा भने क्षति पुगेको छ । आगलागीबारे प्रहरीले अनुसन्धान जारी राखेको बताएको छ ।




































