National life

नाडा अटो शोको टिकटिङ पार्टनरमा ‘खल्ती’, २०% क्यासब्याक दिने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१७ भदौ २०८०, आइतबार
656Shares
नाडा अटो शोको टिकटिङ पार्टनरमा ‘खल्ती’, २०% क्यासब्याक दिने
ncell

काठमाडौँ । ‘खल्ती’ले ‘नाडा अटो शो २०२३’ मा टिकटिङ पार्टनरको रुपमा साझेदारी गरेको छ। यस साझेदारी पश्चात अब खल्ती प्रयोगकर्ताले ‘नाडा अटो शोको टिकट खल्ती मार्फत खरिद गरी एक्स्पोमा सहभागी हुन सक्नेछन्।

भदौ २६ देखि ३१ सम्म हुन गइरहेको एक्स्पोमा विद्यार्थी वर्गले रु १५० र अरुले रु २०० भुक्तानी गर्नुपर्ने टिकट शुल्कमा खल्ती मार्फत टिकट काट्दा २०% क्यास्ब्याक प्राप्त गर्न सक्नेछन्।

आयोजकका अनुसार यस वर्ष नाडा अटोमा १७ वटा चारपाङ्ग्रे, २३ वटा दुई पाङ्ग्रे, ६ वटा कमर्सियल भेहिकल कम्पनी, पाँच वटा बैंक तथा फाइनान्स कम्पनी र ३१ वटा स्पेयर पार्टस, लुब्रिकेन्ट र एसेसरिज गरी ८२ कम्पनीले आफ्ना उत्पादन प्रदर्शनी गर्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसका साथै सहभागीहरूले खल्तीको स्टल अवलोकन गरी खल्तीको विभिन्न अफर्सहरुको बारे सम्पूर्ण जानकारी प्राप्त गर्नेछन् र खल्तीमा उपलब्ध अन्य रोचक खेलको मज्जा पनि लिन सक्ने कार्यकारी अधिकृत विनय खड्काले बताए ।

यो समाचार शेयर गर्नुहोस्
656SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?