काठमाडौं । ‘नाडा अटो शो २०२३’ अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्घाटन गरेका छन् । अटो शो तीन वर्षपछि आजदेखि भृकुटीमण्डपमा आयोजना गरिएको हो।
भदौ ३१ गतेसम्म चल्ने नाडा अटो शोमा विभिन्न कम्पनीले नयाँ तथा हालै सार्वजनिक गरेका गाडी प्रदर्शनमा राखिएको छन्।
अटो शोमा १२० वटा स्टल रहेका छन्। जसमा १६ वटा चारपांग्रे, २२ वटा दुईपांग्रे, ७ वटा कमर्सियल गाडी, ३० वटा लुब्रिकेन्टस्, पार्टस्, ब्याट्री लगायतका उपकरण रहेका छन्।
चारपांग्रेमा विद्युतीय गाडीको बाहुल्य रहेको अटो शोमा २० अर्ब बढीको बुकिङ तथा कारोबार हुने नाडाको अनुमान छ।
नाडा अटो शोमा प्रवेशका लागि २०० रुपैयाँ टिकट तोकिएको छ। विद्यार्थीले भने १५० रुपैयाँमै टिकट पाउनेछन्।
तस्बिरहरू :











































