National life

नाडा अटो शोको ५औं दिनसम्म स्काइवेलका ९९ वटा विद्युतीय एसयूभी गाडी बुकिङ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ भदौ २०८१, आइतबार
391Shares
नाडा अटो शोको ५औं दिनसम्म स्काइवेलका ९९ वटा विद्युतीय एसयूभी गाडी बुकिङ
ncell

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शोको ५औं दिनसम्म स्काइवेलका ९९ वटा विद्युतीय एसयूभी गाडी बुकिङ भएका छन् । ५औं दिनसम्मको अवधिमा जि मोटर्स प्रालिले ९९ वटा गाडी बुकिङ गरेको जानकारी गराएको हो ।

मंगलबारदेखि सुरू भएको नाडा अटो शोमा स्काइवेलले ९९ प्रिमियम विद्युतीय एसयूभी बुकिङ गर्न सफल भएको कम्पनीका कार्यकारी निर्देशक पारशमणी गेलालले जानकारी दिए ।

स्काइवेलको एकमात्र आधिकारिक बिक्रेता जी मोटर्स प्रालिले ९९ वट स्काइवेल ईटी फाइभ, बीई११ मोडेलका ६२० किमि, ५२० किमि र ४२० किमि रेन्ज दिने गाडीको बुकिङ लिएको गेलालले जानकारी दिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हाल नेपालमा ४० वटाभन्दा बढी स्काइवेलका ईटी फाइभ प्रिमियम विधुतीय एसयूभी बिक्री भइसकेका छन् भने जी मोटर्सले नाडामा बुकिङ गर्ने ग्राहकका लागि विशेष छुटसहित सस्तो मूल्यमा कार उपलब्ध गराएको छ । कम्पनीले ९९ वटा बुकिङ भएको अवसरमा केक काटेर सेलिब्रेट गरेको छ ।

जि मोटर्सले नाडामा बुकिङ्ग गर्ने ग्राहकका लागी स्पेशल मुल्य ४१० किमी, बिई ११ को ७५।९० लाख, बिई ११ ५२० किमीको मूल्य ८५।९० लाख एबम ईटी ५ को मूल्य १।१० करोड रुपैयाँ कायम गरेको छ ।

स्काईवेल ६५ भन्दा बढी देशहरुमा जर्मनि, युके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्की, इजरायल, पोल्यान्ड बिक्री हुँदै नेपालमा पनि युरोपियन गुणस्तरका सवारी बिक्री गर्ने प्रीमियम सवारी उत्पादक कम्पनी हो ।

नाडा शो पश्चात् सबै मोडेलमा ५ लाखले मूल्य बृद्दी हुने कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
391SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?