National life

नाडा अटो शोमा सार्वजनिक गरिँदै ‘केई’का तीन मोडेल, नाम बताउनेलाई पुरस्कारको व्यवस्था

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ भदौ २०८१, मङ्गलबार
717Shares
नाडा अटो शोमा सार्वजनिक गरिँदै ‘केई’का तीन मोडेल, नाम बताउनेलाई पुरस्कारको व्यवस्था
ncell

काठमाडौं । आगामी भदौ ११ देखि सुरु हुने ‘नाडा अटो शो’ मा लक्ष्मी ई मोबिलिटीले ‘केई’ का तीन वटा नयाँ मोडेलका गाडीहरु सार्वजनिक हुने भएका छन्।

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भृकुटीमण्डपमा भदौ ११ गतेदेखि १६ गतेसम्म सञ्चालन गर्ने नाडा अटो शोमा ५५ ब्रान्डका गाडीहरू प्रदर्शनीमा राखिने भएको छ । नेपालका लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले नाडा अटो शोमा ती गाडीहरू सार्वजनिक गर्ने भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा हुने अटो शोमा २४ वटा ब्राण्डका चार पांग्रे, १९ ब्राण्डका दुई पांग्रे र १२ ब्राण्डका हल्का लाइट सवारीसाधन प्रदर्शन गरिने नाडाले जानकारी दिएको छ । नाडामा सार्वजनिक हुने ती तीन वटा गाडीका मोडेलको सही नाम बताउने व्यक्तिलाई पुरस्कार दिने घोषणा कम्पनीले गरेको छ।

जसका लागि कम्पनीले केई नेपालको आधिकारिक फेसबुक तथा इन्स्टाग्राम पेजमार्फत क्याम्पेन सुरु गरेको छ । कम्पनीको पेजमा सोधिएका प्रश्नको उत्तर सहभागीहरूले दिन सक्ने छन् । सहभागी मध्यबाट सबै तीन मोडेलका गाडको सही पहिचान गरी उत्तरदिने एक जना भाग्यशाली विजेताले जर्मन प्रतिष्ठित ब्रान्ड बोसको मिक्सर ग्राइन्डर प्राप्त गर्नेछन् । यो क्याम्पन ४ भदौदेखि सुरु भएर १० भदौमा सकिने छ ।

नाडा अटो शोमा लक्ष्मीसनराइज बैंक, महालक्ष्मी विकास बैंक, सानिमा बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक र माछापुच्छ्रे बैंकले पनि भाग लिनेछन् । बैंक तथा वित्त संस्थाले सवारी खरिद गर्ने ग्राहकहरुलाई सहज फाइनान्सिङको सुविधा दिने जानकारी गराएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
717SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?