National life

‘नाडा अटो शो २०२३’ : गाडी किन्न बैंकले कर्जा दिने, कुन बैंकले कति दिँदैछ ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२७ भदौ २०८०, बुधबार
1.3kShares
‘नाडा अटो शो २०२३’ : गाडी किन्न बैंकले कर्जा दिने, कुन बैंकले कति दिँदैछ ?
ncell

काठमाडौं । काठमाडाैंमा गाडीको महाकुम्भ मेला सुरु भएको छ । काठमाडाैंको भृकुटीमण्डपमा मंगलबारदेखि गाडीको महाकुम्भ मेला सुरु भएको हाे ।

‘नाडा अटो शो २०२३’ अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्घाटन गरेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अटो शो तीन वर्षपछि भृकुटीमण्डपमा आयोजना गरिएको हो ।

भदौ ३१ गतेसम्म चल्ने नाडा अटो शोमा विभिन्न कम्पनीले नयाँ तथा हालै सार्वजनिक गरेका गाडी प्रदर्शनमा राखिएको छन्।

अटो शोमा १२० वटा स्टल रहेका छन्। जसमा १६ वटा चारपांग्रे, २२ वटा दुईपांग्रे, ७ वटा कमर्सियल गाडी, ३० वटा लुब्रिकेन्टस्, पार्टस्, ब्याट्री लगायतका उपकरण रहेका छन्।

जहाँ १४ लाखदेखि २ करोड ४० लाख रुपैयाँसम्म पर्ने गाडी हेर्न, छनोट गर्न र मन परेको खण्डमा बुकिङ गर्न सकिन्छ ।

त्यसका लागि बैंक तथा वित्तीय संस्था कर्जा लिने सजिलो माध्यम हुन् । गाडीको कुम्भ मेलामा गाडी बुकिङ खरिदसँगै बैंकबाट कर्जा लिनेहरुका लागि पनि सहजै सेवा दिन भनेर बैंकहरुले नाडा अटो सो मा स्टल राखेका छन् ।

साथै बैंकहरुले नाडा अटो सो का लागि भनेर पनि खास अफरसमेत ल्याएका छन् ।

हेर्नुहाेस् गाडी किन्दा कुन बैंकले कतिमा दिन्छन् कर्जा ?

प्रभु बैंक

वुलिङ एयर ईभी किन्न चाहने ग्राहकलाई प्रभु बैंकले गाडीको मूल्यको ८० प्रतिशत सम्म कर्जा उपलब्ध गराउने छ । २०० र ३०० किलोमिटर रेन्ज दिने दुई भेरिएन्टमा वुलिङ एयर ईभी उपलब्ध छ ।

यसको मूल्य क्रमशः २०लाख ९९ हजार र ३० लाख ९९ हजार रुपैयाँ छ ।

सानिमा बैंक

गाडी किन्दा सानिमा बैंकले ७ वर्षसम्मका लागि १०.९९ प्रतिशत स्थिर ब्याजदरमा कर्जा दिने भएको छ । बैंकले कर्जा दिँदा सेवा शुल्क भने ०.५० प्रतिशत लाग्ने जनाएको छ । यो योजना सीमित अवधिका लागि मात्रै लागू हुने बैंकले जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकले १ करोड रुपैयाँसम्मको इभी लोन उपलब्ध गराउनेछ । ब्याजदर ९.९५ प्रतिशत(सबैभन्दा न्यून) कायम गरिएको छ भने यस्तो लोन लिँदा विद्युतीय गाडीको कुल मूल्यको २० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्नेछ ।

प्रशोधन शुल्क ०.२५ प्रतिशत तोकिएको छ भने यो योजना सीमित अवधिका लागि मात्र लागू हुने बैंकले जनाएको छ ।

त्यस्तै बैंकले आपूर्ति आदेश दिएको १५ दिन वा योजना अवधिभित्र कर्जा लिइसक्नुपर्ने विषयलाई विशेष शर्तको रुपमा राखिएको छ । भदौ २६ गतेदेखि यस्तो स्किम लागू हुने बैंकले जनाएको छ ।

नबिल बैंक

नविल बैंकले गाडीको मूल्यको ८० प्रतिशत भन्दा बढी सम्म कर्जा उपलब्ध गराउने छ । बैंकले इलेक्ट्रिक गाडीको खरिदका लागि नाडा अटो सो मा आकर्षक लोन अफर ल्याएको छ । बैंकले आकर्षक ब्याजदरमा ५ वर्ष र १० वर्षका लागि कर्जा दिने योजना ल्याएको छ ।

विद्युतीय गाडी खरिद गर्नेले ५ देखि १० वर्षका लागि कर्जा लिँदा १०.४९ प्रतिशत र ७ देखि १० वर्ष अवधिका लागि कर्जा लिँदा १०.९९ प्रतिशत ब्याज लाग्ने जनाएको छ । बैंकले ८० प्रतिशतसम्म फाइनान्सिङ गर्ने र क्रेडिट कार्ड २ लाख सम्मको दिने जनाएको छ ।

महालक्ष्मी विकास बैंक

महालक्ष्मी विकास बैंकले विद्युतीय गाडी र इन्धनबाट चल्ने गाडीका लागि छुट्टा छुट्टै अफर ल्याएको छ ।

विद्युतीय गाडीका लागि कर्जा लिँदा ३ देखि ५ वर्षका लागि कर्जा दिने जनाएको छ । कर्जा अधिकतम ३ करोडसम्म दिने जनाएको छ । यसमा सेवा शुल्क १ प्रतिशत लिने जनाएको छ । त्यसमा ०.२५ प्रतिशतसम्म छुट हुन सक्ने बैंकले जनाएको छ ।

त्यस्तै इन्धनबाट चल्ने गाडीमा ३ देखि ८ वर्षका लागि कर्जा दिने जनाएको छ । कर्जा अधिकतम ३ करोडसम्म दिने जनाएको छ । यसमा सेवा शुल्क १ प्रतिशत लिने जनाएको छ । त्यसमा ०.२५ प्रतिशतसम्म छुट हुन सक्ने जनाएको छ ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले निजी र व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने गाडी किन्न चाहानेलाइ कर्जा दिने जनाएको छ ।

व्यक्तिगत रुपमा कसैले विद्युतीय गाडी किन्न खोजेको खण्डमा १०.४९ प्रतिशत ब्याज लाग्नेछ । बैंकले ०.५ प्रतिशत सेवा शुल्क लिने जनाएको छ । व्यक्तिगत रुपमा इन्धनबाट चल्ने गाडी किन्दा १०.९९ प्रतिशत ब्याज लाग्नेछ । यसको सेवाशुल्क ०.७५ प्रतिशत छ ।

बैंकबाट व्यावसायिक प्रयोजनका लागि कर्जा लिँदा विद्युतीय गाडीमा ११.४९ प्रतिशत ब्याज लाग्नेछ भने ०.५० प्रतिशत सेवा शुल्क लाग्नेछ । इन्धनबाट चल्ने गाडीका लागि १२.४९ प्रतिशत ब्याज लाग्नेछ । यसमा सेवाशुल्क ०.७५ प्रतिशत लाग्नेछ ।

हिमालयन बैंक

हिमालयन बैंकले ‘सवारी साधन कर्जा’ योजना ल्याएको छ । बैंकले ८ वर्ष अवधिका लागि ल्याएको योजनामा मासिक किस्ताको आधारमा भुक्तानी गर्न सकिने बैंकले जनाएको छ । यसमा सर्तहरु लागू हुने बैंकले जनाएको छ ।

कामना सेवा विकास बैंक

कामना सेवा विकास बैंकले विद्युतीय सवारी साधनका लागि कर्जा सुविधा योजना ल्याएको छ । वार्षिक ११.९५ प्रतिशत ब्याजदरमा कर्जा दिने बैंकले जनाएको छ । बैंकले विद्युतीय गाडीमा ८० प्रतिशतसम्म फाइनान्सको सुविधा दिने जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?