National life

नाडा अटो शो २०२३ सम्पन्न,करिब दुई हजार हाराहारी गाडी बुकिङ

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|३१ भदौ २०८०, आइतबार
663Shares
नाडा अटो शो २०२३ सम्पन्न,करिब दुई हजार हाराहारी गाडी बुकिङ
ncell

काठमाडौं । नाडा अटो शो २०२३ आज सम्पन्न भएको छ । भदौ २६ गतेबाट सुरु भएको अटो शो आज सम्पन्न भएको हो।

५० हजारले अवलोकन गर्ने लक्ष्य राखेकोमा ७६ हजार मानिसले अवलोकन गरेको भन्दै सो लगभग पुरा भएको अटो शो संयोजक अनुपकुमार बरालले जानकारी दिएका छन् ।

अटो बजारलाई चलायमान बनाउन अटाशोले भाइब्रेट ल्याएको नेपाल अटोमोबाइल एसोसियसन नेपालका अध्यक्ष ध्रुबथापाले बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
‘हामीले सोचेभन्दा धरै भिजिटर अटोशोमा आउनुभएको छ भने राम्रो गाडी बुकिङ समेत भएको छ,’ थापाले भने ‘अटोशोले नजिकिदै गरेको चाडपर्वमा समेत सवारीसाधन व्यवसाय चलाएमान हुने संकेत देखिएको छ।’

त्यस्तै एक लाख बढी भिजिटरले प्रदर्शनी अवलोकन गरेको नाडाको भनाई छ । विद्युतीय र पेट्रोलियम गरी करिब दुई हजार हाराहारी गाडी बुकिङ भएको नाडाको भनाई छ ।

यस वर्षको अटो शोमा सबैभन्दा धेरै विद्युतीय कारमा आकर्षण देखियो । त्यसमा पनि विशेषगरी टाटा, बीवाइडी, एमजी, नेटा र सेरेस जस्ता ब्राण्डमा सबैभन्दा धेरै भिडभाड देख्न सकिन्छ ।

त्यस्तै अटो शोमा रहेका सिट्रोन, ग्रेटवाल मोटर्ससँग पनि ईभी उपलब्ध भएको कारण ग्राहकले चासो देखाएका छन् । परम्परागत र न्यू इनर्जी भेहिकलमा बलियो उपस्थिति रहेको हुन्डाई र मिफा(९ ल्याएको मेक्सस ब्राण्डमा पनि राम्रो भिडभाड देख्न सकिन्थ्यो ।

सुजुकी, निसान, महिन्द्रा र कियाले पनि आफ्नो स्टलमा ग्राहकलाई आकर्षित गर्न सकेका छन् । आउँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर भएको अटो शोमा राम्रो संख्यामा गाडी बुकिङ भएको अनुमान लगाइएको छ ।

नाडा अटो शोको शीर्ष प्रायोजक टाटा मोटर्स जेनुइन आयल छ भने सहप्रायोजकमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड थियो। यसैगरी शोको डोर प्राइजमा याडिया, टिकट पार्टनर खल्ती, अफिसियल इन्टरनेट पार्टनर वर्ल्डलिंक, फायर सेफ्टी सपोर्ट हिटको प्रालि एवं हस्पिटल पार्टनरमा फ्रन्टलाइन हस्पिटल छन्। शो व्यवस्थापनमा ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेस रहेको थियो।

शोमा ठूला तथा साना गरी करिब १ सय २० स्टल र ब्लक रहेको थियो। शोमा प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका सवारीसाधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्रान्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकको सहभागिता रहेको थियो।

यो समाचार शेयर गर्नुहोस्
663SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?