National life

नेटा,के.वाइ.सी. र किङ्गलङ्ग ई.भी का ग्राहकहरुको लागि सर्भिस क्याम्प

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ असोज २०८१, आइतबार
571Shares
नेटा,के.वाइ.सी. र किङ्गलङ्ग ई.भी का ग्राहकहरुको लागि सर्भिस क्याम्प
ncell

काठमाडौं । नेपाली बजारमा नेटा, सीजी केवाइसी र किङ्गलङ्ग इलेक्ट्रिक भ्यानहरुको आधिकारिक वितरक सीजी मोटर्सले सर्भिस क्याम्पको आयोजना गरेको छ ।

ग्राहकहरुको आवश्यकता र सहजतालाई लक्षित गर्दै सीजी मोटर्सको आधिकारिक डिलर, फ्युचर मोटर्स भक्तपुरले यहि आश्विन ०६ गते बाट आश्विन ११ गते सम्म सर्भिस क्याम्पको आयोजना गरेको हो ।

इच्छुक ग्राहकहरुले बिहान ७ बजे देखि बेलुका ८ बजेसम्म चारदोबाटो, भक्तपुर स्थित फ्युचर मोटर्सको प्राङ्गणबाट उक्त सेवा लिन सक्नेछन्। उक्त निशुल्क सर्भिस क्याम्पमा ग्राहकहरुले स्पेर पार्टस् मा १२ प्रतिशत छुट, गिएर आयल मा १२ प्रतिशत छुट र वाशिङ्गमा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै सीजी मोटर्सले नेपालभर सेवा र स्पेयर पार्ट्सको क्षेत्रमा आक्रमक विस्तार गरेको छ। सीजी मोटर्सले बिर्तामोड, इटहरी, लहान, जनकपुर, सिन्धुली, बीरगञ्ज, हेटौडा, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी, सुर्खेत लगायत काठमाडौँको हात्तीवन सहित १७ सेवा केन्द्रहरू स्थापना गरेर, सवारीसाधनहरूलाई उच्च गुणस्तरीय सेवा र पार्ट्स उपलब्ध गर्दै आएको छ ।

सीजी मोटर्सले बिक्रीपछि सर्भिस सेवामा सुरुवात समयदेखि नै उच्च व्यवस्थापन गर्दै आइरहेको छ । यसले ग्राहकहरूलाई उत्कृष्ट सेवा र पार्ट्स प्रदान गरेर उनीहरूको सन्तुष्टिलाई पहिलो प्राथमिकता दिएको छ। सीजी मोटर्सको उत्कृष्ट सेवा र समर्थनले नेपाली यातायात क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याएको छ ।

यो समाचार शेयर गर्नुहोस्
571SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?