National life

नेपालमा बनेको हुन्डाई भेन्युको बिक्री सुरु, ६.९९% फाइनान्सिङमा नै खरिद गर्न सकिने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ असार २०८१, शुक्रबार
499Shares
नेपालमा बनेको हुन्डाई भेन्युको बिक्री सुरु, ६.९९% फाइनान्सिङमा नै खरिद गर्न सकिने
ncell

काठमाण्डौ । नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनबाट नेपालमा बनेको ‘भेन्यु’ को मूल्य सार्वजनिक गर्दै बिक्री वितरण बिक्री सुरु गरेको छ।

नेपालमा नै हुन्डाई भेन्युको व्यवसायिक उत्पादन गरिएको कुरालाइ ध्यानमा राखी HYUNDAI NEPAL: MADE FOR YOUR JOURNEY  ग्राहकमुखी योजना ल्याएको छ ।

यस योजनामा हुन्डाई भेन्यु खरिद गर्दा ६.९९ प्रतिशत फाइनान्सिङको व्यवस्था , १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी रहने कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

लक्ष्मी मोटर कर्पोरेसन, नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा हुन्डाई मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो । लक्ष्मी मोटर कर्पोरेसनले पहिलो पटक नेपालमा भेन्यु मोडल उत्पादन सुरु गरेको र यसको बनावट, गुणस्तर, पर्फमेन्स लगायतका गुणहरु हुन्डाई मोटर कम्पनी,कोरिया वा भारतमा बन्ने सोही मोडलका गाडिहरु सरह कै हुने कम्पनीले दाबी गरेको छ ।

स्वदेशमा नै उत्पादन गरी देशको औद्योगिकरण, आयात प्रतिस्थापन, रोजगारी सृजना, आन्तरिक राजस्वमा वृद्धि, शीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक श्रोत तथा विद्युतको खपत, कुल गृहश्थ उत्पादनमा योगदानका साथ साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जानकारी गराएको छ ।

हाल विक्री वितरण सुरु भएको मेड इन नेपाल Hyundai Venue 1.2 (S)  को मूल्य ४४ लाख ९६ हजार र Venue 1.2 SX को मूल्य ५३ लाख ५६ हजार रुपैयाँ कायम गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
499SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?