काठमाडौँ। सी.जी. मोटर्सले आफ्नो पोर्टफोलियोमा थप नयाँ ब्राण्ड थपेको छ। चीनमा हेभी ट्रक, लाइट ट्रक, कार, मोटरसाइकल र इन्जिन हरु उत्पादन गर्दै आएको दायुन ग्रुपले चीन बजारको सफलता पश्चात चौधरी ग्रुप अन्तर्गत सी.जी.
नेपाली बजारकै मोष्ट अफरडेवल सब-कम्प्याक्ट एस.यु.भी दायुन युइहु चाँडै नै सार्वजनिक गर्ने सी.जी. मोटर्सले जनाएको छ। दायुन युइहु नेपालको बाटोलाई सुहाउँदो र पर्फेक्ट रहेको सी.जी. मोटर्सको बिज्ञप्तिमा उल्लेख छ। दायुन युइहुमा ३९ किलोवाटको मोटर रहेको छ जसले १२५ एन.एम. को टर्क जेनेरेट गर्दछ भने यसमा ३०.६६ किलोवाटआवरको ब्याट्री पाउन सकिन्छ। उक्त ब्याट्रीले ३०० किलोमिटर भन्दा धेरै रेञ्ज प्रदान गर्दछ भने २०५ बाट ८०५ चार्ज गर्न डि.सी. चार्जर मार्फत ५४ मिनेट भन्दा कम लाग्दछ ।
दायुन युइहु सब-कम्प्याक्ट एस.यु.भी. उत्कृष्ट २०१ एम.एम.को ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ। फ्रन्ट एण्ड रियर इन्डिपेन्डेन्ट शस्पेन्शन रहेको हुँदा जस्तोसुकै अफरोड तथा खराब बाटोहरुमा उत्कृष्ट कम्फर्ट र आरामदायी यात्रा हुने बताएको छ।
इन्डिपेन्डेन्ट शस्पेन्शन समावेश गरीएको उक्त गाडी यस सेग्मेन्टकै पहिलो रहेको छ। ७ इन्चको इन्सट्रुमेन्ट क्लस्टर, किलेश इन्ट्री, टाएर प्रेशर मनिटरीङ्ग सिस्टम, एयरब्याग, ए.बि.एस., इ.बि.डि., हिल स्टार्ट एसीस्ट कन्ट्रोल, अटोमेटिक हेडल्याम्प, वन टच विन्डो, पार्किङ्ग रेडार र क्रुज कन्ट्रोल जस्ता फिचर्सहरु उक्त गाडीमा समावेश गरिएको छ।



































