National life

नेपाली बजारमा सुबारुको दुई नयाँ मोडलका गाडी सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ साउन २०८१, आइतबार
515Shares
नेपाली बजारमा सुबारुको दुई नयाँ मोडलका गाडी सार्वजनिक, यस्तो छ मूल्य र विशेषता
ncell

काठमाडौं । नेपाली बजारमा आजबाट विश्वप्रसिद्ध जापानी कार उत्पादक सुबारुद्धारा निर्मित दुई नयाँ मोडलका गाडीहरु सार्वजनिक भएका छन् ।

नेपालको लागि सुबारुको आधिकारीक बितरक विजय मोटर्स प्रालीले आज २.० क्रसट्रेक हाइब्रिड आइसाईट र २.५ आउटब्याक द्वरिङ्ग आइसाईट लाई सार्वजनिक गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सार्वजनिक भएका यि दुई भेरियन्टका सवारीसाधनले जापानी कम्पनी सुबारु कर्पोरेशन द्वारा आविश्कार गरिएको पछिल्लो अत्याधुनिक अटोमोबिल प्रविधि, सुरक्षा, दिगोपना र कार्यक्षमतालाई प्रतिनिधित्व गर्दै साहसिक कार सवारीको नयाँ मापदण्ड तय गर्ने बताइएको छ ।

विजय मोटर्सको प्रालीको प्रबन्ध निर्देशक एनि गार्डनर बैद्यले कम्पनीको नक्सालस्थित सुन शोरुममा गाडीहरु बिक्रीवितरणको लागि राखिएको बताउँदै दुबै मोडलका गाडीहरुको सुरुवाती मूल्य १ करोड ६९ लाख पर्ने जानकारी दिएका छन् । सुबारूको हाइब्रिड क्रसट्रेकमा २.० लिटर बक्सर फोर सिलिण्डर पेट्रोल इन्जिन रहेको छ। उक्त इन्जिनले अधिकतम १५० पीएस पावर प्रदान गर्छ। यसको हाइब्रिड टेक्नोलोजीको कम्बाइन रेन्ज प्रति ६.५ लिटर पेट्रोलबाट १०० किलोमिटर रहेको छ।

दौडिरहेककै अवस्थामा गाडीको ब्याट्री आफै चार्ज हुनेहुनाले यसले सहजता, सुविधा र कार्यकुशलतालाई थप गराएको छ । यसैगरी एक लिटर पेट्रोलमा यो गाडीले १७.५ किमिको माइलेज दिने हुनाले यो मोडलले नेपाली उपभोक्ताको मन जित्ने विश्वास लिइएको छ ।

यसमा दिइएको डुअल एक्स् मोडले गाडीलाई हिलो, हिउँ र चट्टानीय सतह जस्ता कठिन बाटोमा पनि सहजै यात्रा गर्न सक्षम बनाउने बताइएको छ । जम्मा १० वटा यअरब्याग प्रदान गरिएको यस भेरियण्टमा ब्ल्याइण्ड स्पट मोनिटरिङ्ग र रियर क्रस ट्राफिक अलर्टजस्ता ड्राइभर असिस्टेण्ट प्रणालीले यात्रामा सुरक्षाको प्रत्याभूतीलाई थप गराउनेछ।

विशुद्ध जापानी प्रविधिको प्रयोगद्धारा निर्मित यि गाडीहरुले सुवारुको इञ्जिनियरिङ्ग क्षमताको उत्कृष्टता र नवप्रबद्र्धनलाई प्रदर्शित गरेको छ । बक्सर इञ्जिन र सिमेट्रिकल अल ह्विल ड्राइभ प्रणालीको लागि अन्तराष्ट्रियरुपमा परिचित सुबारुले सार्वजनिक भएको दुबै नयाँ भेरियण्टका गाडीहरुमा पछिल्लो आइसाइट ड्राइभ असिस्टेन्ट प्रणालीलाई अपनाइएको छ।

यो समाचार शेयर गर्नुहोस्
515SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?