National life

“पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” — लक्की ड्रको ग्राण्ड रिभिल नोभेम्बर ७ मा

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|१२ कात्तिक २०८२, बुधबार
1KShares
“पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” — लक्की ड्रको ग्राण्ड रिभिल नोभेम्बर ७ मा
ncell

काठमाडौं । सिप्रदी अटोपार्ट्स प्रा.लि. ले “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” अन्तर्गतको बहुप्रतिक्षित लक्की ड्रको ग्राण्ड रिभिल मिति नोभेम्बर ७ (कार्तिक २१ गते) मा गर्ने भएको छ।

नोभेम्बर (कार्तिक २० गते) सम्म यो योजनामा सहभागी भएर ग्राहकहरूले विभिन्न आकर्षक लाभ उठाउन सक्नेछन्। विजेताहरूको घोषणा कम्पनीको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण (Facebook Live) द्वारा सार्वजनिक गरिने सिप्रदी अटोपार्ट्सले जनाएको छ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस अफरअन्तर्गत सहभागी ग्राहकहरूका लागि विभिन्न आकर्षक पुरस्कारहरूको व्यवस्था गरिएको छ। प्रमुख बम्पर उपहारको रूपमा बजाज पल्सर १५० सिसि मोटरसाइकल राखिएको छ, जससँगै टिभिएस एनटर्क १२५ सिसि स्कुटर, स्मार्ट टिभी र स्मार्टफोन पनि उपहारमा प्रदान गरिनेछ। साथै हरेक खरिदमा रु. १,००० सम्मको क्यासब्याक कुपन प्राप्त गर्न सकिनेछ।

दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सञ्चालन गरिएको यो अफरले टाटा सवारीसाधनका प्रयोगकर्ताहरूबीच उत्साहजनक प्रतिक्रिया पाएको कम्पनीले जनाएको छ। अफर नोभेम्बर ६ (कार्तिक २० गते) सम्म मात्र मान्य रहने भएकाले, सिप्रदीले ग्राहकहरूलाई समयमै टाटा जेन्युइन पार्ट्स खरिद गरी लक्की ड्रमा सहभागी हुन आग्रह गरेको छ।

सिप्रदी अटोपार्ट्सका अनुसार, टाटा मोटर्सद्वारा निर्मित टाटा जेन्युइन पार्ट्स, टाटा मोटर्स अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्सले सवारीसाधनका इन्जिन, ब्रेक, क्लच लगायतका महत्वपूर्ण भागहरूलाई दीर्घायु बनाउँछन् र गाडीको गति अझ उत्कृष्ट बनाउँछन्। यी पार्ट्स उच्च गुणस्तरका र पूर्ण रूपमा टाटाद्वारा प्रमाणित भएकाले, नेपालभरका व्यवसायिक सवारी प्रयोगकर्ताहरूले टाटा जेन्युइन पार्ट्सलाई सबैभन्दा भरपर्दो विश्वसनीय विकल्पको रूपमा रोज्दै आएका छन्।

नेपालका लागि टाटा मोटर्सका आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रा.लि. ले देशभरका ग्राहकहरूलाई सधैं सक्कली पार्ट्स र गुणवत्तापूर्ण सेवामार्फत विश्वासको यात्रा निरन्तरता दिइरहेको छ।

 

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?