National life

पारामाउन्ट मोटर्सको एमजि कमेट इभि र एमजि ४ इभि नेपाली बजारमा सार्वजनिक

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२४ भदौ २०८०, आइतबार
964Shares
पारामाउन्ट मोटर्सको एमजि कमेट इभि र एमजि ४ इभि नेपाली बजारमा सार्वजनिक
ncell

काठमाडौं । एमजि गाडीको लागि नेपालको आधिकारिक वितरक एवम आयातकर्ता पारामाउन्ट मोटर्सले नेपाली बजारमा दुई मोडलका सवारी सार्वजनिक गरेको छ । पारामाउन्ट मोटर्सले नेपाली बजारमा एमजि कमेट इभि र एमजि ४ इभि सार्वजनिक गरेको हाे ।

No description available.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त लन्च कार्यक्रममा बोल्दै पारामाउन्ट मोटर्सका जेनेरल म्यानेजर सचिन अर्यालले नेपाली बजारमा यी दुई विद्युतीय सवारी भिर्त्याउन पाउँदा हामी अत्यन्तै उत्साहित भएकाे बताए । उनले भने, ‘नेपाली बजारमा यी दुई विद्युतीय सवारी भिर्त्याउन पाउँदा हामी अत्यन्तै उत्साहित छौं । स्टाइलिस, प्राक्टिकल र आफ्नो बजेटमा गाडी किन्न चाहने ग्राहकवर्गका लागि यी दुई मोडलहरु अत्यन्तै उपयुक्त हुन्छन् ।’

No description available.

एमजि कमेट इभि भारतमा बनेको आकर्षक मुल्यको विद्युतीय गाडी हो जसले सिङ्गल चार्जमा २३० किलो मिटरको रेन्ज दिन्छ । यसमा १७३ केडब्लुएचको ब्याट्रि र ३१.२६ केडब्लु को मोटर रहेको छ । एमजि कमेट इभिमा यात्रुहरुको सुरक्षाको लागि रेटेड ब्याट्रि डुबल फ्रन्ट एयर ब्याग, पछाडि पट्टी पार्किङ् सेन्सर र सबै यात्रुको लागि सिट बेल्टहरु राखिएको छ । सुविधा र सहजताको लागि एमजि कमेट इभिमा एलसिडि स्क्रिन, रिमोट सेन्ट्रल लकिङ, म्यानुअल एसि र हिटर जस्ता सुविधाहरु रहेका छन ।

एमजि कमेट इभिको शुरुवाती मुल्य १७९९ रहेको छ भने एमजि कमेट इभि प्ले र पेस गरी २ वटा भेरिएन्टमा उपलब्ध छ ।

त्यस्तै एमजिले कमेट इभिको हाइ भोल्टेज कम्पोनेन्टमा एक लाख किलोमिटरसम्म ३ वर्षको वारेन्टि दिएको छ भने हाइ भोल्टेज ब्याट्रिमा एक लाख २० हजार किलोमिटरसम्म ८ वर्षको वारेन्टि दिएको कम्पनीले जनाएको छ ।
हेर्दा अत्यन्तै आकर्षक देखिने एमजि ४ इभि २०२३ को युके कार अफ द इयर हुनुको साथै यसले युरोपमा पनि सेफ्टीको लागि ५ स्टार पाएको छ ।

त्यस्तै कम्फर्ट र लक्जरी गरी २ भेरीयन्टमा उपलब्ध एमजि कम्फर्ट इभिको ब्याट्रि क्षमता ५१ केडब्लुएचर ९९ केडब्लुको मोटर रहेको छ । त्यस्तै एमजि लक्जरी इभिको ब्याट्रि क्षमता ६४ प्धज र १५० केडब्लुको मोटर रहेको कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
964SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?