National life

प्यारामाउंट मोटर्सले ल्यायो एमजी जेडएस ईभीमा विशेष नाडा दशैंको अफर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ असोज २०८१, मङ्गलबार
516Shares
प्यारामाउंट मोटर्सले ल्यायो एमजी जेडएस ईभीमा विशेष नाडा दशैंको अफर
ncell

काठमाडौं : नेपालमा एमजी मोटर्सको आधिकारिक वितरक प्यारामाउंट मोटर्सले एमजी जेडएस ईभीमा विशेष अफर ल्याएको छ। यो प्रस्ताव विशेष रूपमा नाडा-दशैंको अवसरमा गरिएको हो।

यस छुटमा एमजी जेडएस ईभी डिलक्स संस्करण ४६.९९ लाख रुपैयामा उपलब्ध छ। यस मूल्यमा ग्राहकहरूले एमजी जेडएस ईभी का उन्नत सुविधाहरू र राम्रो प्रदर्शनको अनुभव गर्न सक्नेछन।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

एमजी जेडएस ईभी मा सुरक्षा र सुविधा लागि धेरै अब्बल सुविधाहरू छन्। यसमा छ वटा एयरब्याग्स, हिल लञ्च असिस्ट, फ्रन्ट कॉलिजन वार्निङ, स्पीड असिस्टेन्स सिस्टम एडास लेभल २, र वायरलेस चार्जिङ समावेश छ।

‘हामी हाम्रो ग्राहकहरूलाई यो विशेष दशैंको अफर सार्वजनिक गर्न खुशी छौं’, प्यारामाउंट मोटर्सका प्रवक्ताले भने, ‘एमजी जेडएस ईभी भविष्यको इलेक्ट्रिक गाडी हो, जसमा उन्नत सुरक्षा र प्रविधि छ। यस सीमित समयको प्रस्तावको लाभ उठाउन र चाडपर्वलाई रमाइलो बनाउन हामी सबैलाई आमन्त्रण गर्छौं।’

यो विशेष प्रस्ताव २७ अगस्तदेखि ५ अक्टोबर २०२४ सम्म मात्र उपलब्ध छ। थप जानकारीको लागि नाडा एमजी स्टल एफ२ मा जाने वा नजिकको एमजी शोरूममा सम्पर्क गर्न सकिनेछ।

यो समाचार शेयर गर्नुहोस्
516SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?