National life

प्रोटोन ईमासको काठमाण्डौमा एक्सचेन्ज अफर १ दिन थप

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|०७ मंसिर २०८२, आइतबार
642Shares
प्रोटोन ईमासको काठमाण्डौमा एक्सचेन्ज अफर १ दिन थप
ncell

काठमाडौँ –जगदम्बा मोटर्स प्रालि अन्तर्गत सञ्चालन हुने इलेक्ट्रिक सवारी साधन (इभी) ब्रान्ड प्रोटोन ईमासले विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालनगर्ने घोषणा गरेको छ। पूर्वनिर्धारित अवधिमा १ दिन थपिएका कारण, यो कार्यक्रम नोभेम्बर २१ देखि २४ सम्म काठमाण्डौको ज्ञानेश्वरस्थित एटीकमा आयोजना हुने भएको छ।

चार दिनसम्म सञ्चालन हुने यस कार्यक्रममा विद्यमान सवारी साधन एक्सचेन्ज गर्न चाहने ग्राहकहरूलाई प्रोटोन ईमासका प्रमुख विशेषताहरू, सेवा सुविधा तथा अफरका फाइदाबारे विस्तृत जानकारी प्रदान गरिने कम्पनीले जनाएको छ।

एक्सचेन्ज अफर रु. ४६.९९ लाखदेखि सुरु हुनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रोटोन ईमास ७ ले शक्तिशाली १६० किलोवाट मोटरपावर, १८० मिमी ग्राउण्ड क्लिरेन्स तथा ४९२ र ५८५ किमि एनइडिसी रेञ्ज प्रदान गर्दछ।

उन्नत सुरक्षात्मक तथा प्रिमियम डिजाइन सुविधासहितको यो EV को लम्बाइ ४६१५ मिमी रहेको कम्पनीले उल्लेख गरेको छ।

यस विशेष अफरमार्फत ग्राहकहरूले अत्याधुनिक इभीमा अपग्रेड गर्ने उत्कृष्ट अवसर पाउने भएका छन्।

यो समाचार शेयर गर्नुहोस्
642SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?