National life

बजाजको एक्सचेन्ज मेलामा छुटै-छुट ,४० भन्दा बढी रिकन्डिसन हाउस एकै ठाउँमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० असोज २०८१, बिहिबार
447Shares
बजाजको एक्सचेन्ज मेलामा छुटै-छुट ,४० भन्दा बढी रिकन्डिसन हाउस एकै ठाउँमा
ncell

काठमाडौं । बजाज मोटरसाइकलको दशैतिहार लक्षित बजाजको ग्राण्ड एक्सचेन्ज मेला ʻवजाज ग्राण्ड कार्निभल’ हाई भ्यालुएसन ग्यारेन्टीका साथ काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको छ ।

असोज ७ गतेबाट सुरु भएर असोज १३ गतेसम्म चल्ने उक्त मेलाको मुख्य उद्देश्य भनेको आफ्ना ग्राहकहरूको दशैतिहारजस्ता ठुला चाडपर्वमा नयाँ बाइक चढ्ने सपना पुरा गर्नु रहेको बजाजका सेल्स हेड वासु श्रेष्ठले जानकारी दिए । यस मेलाको मुख्य आकर्षण भनेको काठमाडौंभित्रका १८ वटा डिलरहरुको स्टलका साथै कम्पनीको पनि स्टल राखिनु भएको उनको भनाई छ । जसका कारणले ग्राहकहरूले डिलर खोजेर हिँड्नुपर्ने बाध्यताको अन्त्य हुने उनले बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

ʻहामीसँग यहाँ ४० भन्दा बढी रिकन्डिसन हाउसहरू उपलब्ध हुनुका साथै बाइकहरू एक्सचेन्ज गर्न र आफ्नै कम्पनीको फाईनान्सिङ सहितको सुविधाको साथमा नयाँ बाइक समेत किन्न पाईनु यो मेलाको मुख्य आकर्षण हो ।’ श्रेष्ठले आर्थिक भ्वाईससँगको कुराकानीको क्रममा भने ।

ग्राहकहरूले मेलाबाट नयाँ बजाज मोटरसाइकलको खरिद गर्दा चाडपर्वको स्किम  (एक लाखसम्मको स्क्र्याच कुपन) पाउनुका साथै निःशुल्क हेल्मेट, बाईक कबर, व्याक्स, र लेग गार्ड जस्ता एक्सेसरिजका साथै बाइकको नम्बर प्लेट पनि कम्पनीले नै छपाएर दिने श्रेष्ठले बताए ।

यसका साथै एक्सचञ्ज मेलाबाट बाइक खरिद गर्ने ग्राहकहरूले लक्की ड्र मार्फत १० तोलासम्म चाँदी जित्न सक्ने मौका समेत दिएको उनले बताए । जुन अहिलेसम्म कसैले नदिएको स्किम भएको उनको दाबी छ ।

यस्का साथै बाइक एक्सचेन्ज गर्नको लागि पनि ४० भन्दा बढी भ्यालुएसन गर्ने भ्यालुएटर भएकोले यही ठाउँ एकसचेन्जको लागि एकदम राम्रो ठाउँ भएको बताए । नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक रूपमा हंसराज हुलासचन्द एण्ड कम्पनीले बिक्रिवितरण गर्दै आएको छ ।

उनका अनुसार मेलामा सहभागी भएकामध्ये धेरै ग्राहकहरूले एकदमै राम्रो प्रतिक्रिया दिइरहेका छन् ।

https://www.youtube.com/watch?v=bhyT0L1rIjM

यो समाचार शेयर गर्नुहोस्
447SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?