National life

बजाजको नयाँ वर्ष अफर ‘खुसीको मिटर’ का भाग्यशाली विजेता घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० वैशाख २०८२, मङ्गलबार
492Shares
बजाजको नयाँ वर्ष अफर ‘खुसीको मिटर’ का भाग्यशाली विजेता घोषणा
ncell

काठमाडौं, नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले नेपाली नयाँ वर्ष २०८२ को उपलक्ष्यमा आयोजना गरेको ‘खुसीको मिटर’ का भाग्यशाली विजेताको घोषणा गरेको छ । हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
ले आयोजना गरेको यो क्याम्पेनमा देशभरबाट हजारौं उत्साही सहभागीहरूले सहभागिता जनाएका थिए ।

सहभागीहरु मध्येबाट, लक्की ड्र मार्फत यस एण्ड ब्रदर्स अटो प्रा. लि., विराटनगरका मोसीम आलमले एक लाख नगद पुरस्कार जित्न सफल भएका हुन । यो क्याम्पेनले गेमिङको रमाइलो र मोटरसाइकल किन्दाको खुसीलाई एकसाथ जोडेको थियो । जस अन्तर्गत ग्राहकहरूले डिजिटल अनुभवमार्फत रु. १ लाखसम्म नगद पुरस्कार र आकर्षक गिफ्टहरु समेत जित्ने अवसर पाएका थिए ।

बजाजले सामाजिक सञ्जालमार्फत खेल्न सकिने विशेष डिजिटल गेम ल्याएको थियो । जसअन्तर्गत सहभागीहरुले घरमै बसीबसी विभिन्न आकर्षक उपहारहरु जित्न सफल भएका छन् । ग्राहकहरुले उक्त उपहारहरु प्राप्त गर्न बजाज मोटरसाइकलको टेस्ट राइडमा पनि उल्लेखनीय सहभागिता जनाएका थिए ।

सबै सहभागीहरूका लागि समान अवसर सुनिश्चित गर्दै निष्पक्ष र पारदर्शी लक्की ड्र प्रक्रिया मार्फत विजेताको छनोट गरिएको थियो । विजेता आलमले १५० सिसि पल्सर मोटरसाइकल खरिद गरेका थिए ।

“‘खुसीको मिटर’ क्याम्पेन केवल एक प्रचारको लागि मात्र नभइ यो टेक्नोलोजीको माध्यमबाट मोटरसाइकल किन्ने यात्रालाई अझ रमाइलो, इन्टरेक्टिभ र लाभदायक बनाउने प्रयास थियो, साथै हामीले हाम्रा ग्राहकहरूलाई उनीहरूको निरन्तर विश्वासको लागि धन्यवाद दिन र वर्षको सुरुवातलाई साँच्चै विशेष बनाउन ‘खुसीको मिटर’ सुरु गरेका थियौं, हामी श्री मोसीम आलमलाई विजेताको रुपमा हार्दिक बधाई दिन्छौं ।

साथै सम्पूर्ण सहभागीहरुलाई पनि धन्यवाद दिन चाहन्छौं ।” कम्पनीमा मार्केटिङ हेड अमितराज चालिसेले भने । त्यस्तै नगद एक लाख विजेता श्री मोसीम आलमले आफ्नो जितको बारेमा थाहा पाएपछि आफ्नो खुशी र कृतज्ञता व्यक्त गर्दै भने, “मलाई सुरुमा त विश्वासै लागेन । पक्का भएपछि अतिनै खुसी लाग्यो । बजाज सधैं एक विश्वसनीय ब्रान्ड रहेको छ, र रही रहने छ भन्ने विश्वास गरेको छु । ‘खुशीको मिटर’ अभियान मार्फत जित्नुले यसलाई अझ विशेष बनाएको छ । यो खुसीमा म सम्पूर्ण बजाज परिवारलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।”

यो समाचार शेयर गर्नुहोस्
492SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?